समाचार

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित
राजनीति, समाचार

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित भएका छन्। मुख्यसचिब बैरागीले आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना पोजेटिभ भएको छु। मेरो सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्दछु।’ मुख्यसचिब बैरागीले आफ्नो स्वास्थ्यबारे भने केही जानकारी दिएका छैनन्। मुख्यसचिब संक्रमित भएसँगै देशको सर्वोच्च प्रशासनिक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।...
बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा
खेलकुद, समाचार

बार्सिलोनाका अध्यक्षद्वारा राजीनामा

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले मंगलबार पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । तर मारिया बार्टोमेउ भने आफू यूरोपियन सूपर लिगका क्लबमा जोडिने तय भएकोले अध्यक्षबाट राजीनामा दिएको बताएका छन्। उनी सन् २०१४ मा क्लबको अध्यक्ष बनेका थिए।...
तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
अपराध, समाचार

तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

पिलवस्तु र बझाङमा तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।     यसैगरी बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खाती लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  दिपकको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ...
तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा
अर्थ/व्यापार, समाचार

तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ । यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।...
नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, मङ्सिरमा बस्ने
राजनीति, समाचार

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, मङ्सिरमा बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिनुभयो । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार बैठक सारिएको नेकपाका नेताहरुले बताउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ ।“ महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षसँग छुट्टाछुट्टै परा...
पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ
अपराध, समाचार, समाज

पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ

पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ। भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्राइमको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ। भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापालाई सामाजिक संजालमा गाली गलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएको उजुरीका कारण पक्राउ गरिएको हो। गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।...
उपत्यकामा ८४३ सहित देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

उपत्यकामा ८४३ सहित देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् । संक्रमणका कारण ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ सय ८७ पुगेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा ...
युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित
अन्तर्राष्ट्रिय, समाचार

युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित

युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ । अघिल्लो साताभन्दा युरोपमा संक्रमितको संख्या  ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ। सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्। युरोपमा सबैभन्दा धेरै संक्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा ३२० जनाले ज्यान गुमाएका छन् । योसँगै रसियामा कोरोनाले मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ भने ५२३ जनाको मृत्यु भएको छ । स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि संक्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बेलायामा २२ हजारभ...
देश बनाउन सवै एकजुट भएर लाग्नु पर्छ:डा.डिआर उपाध्याय
राजनीति, समाचार

देश बनाउन सवै एकजुट भएर लाग्नु पर्छ:डा.डिआर उपाध्याय

मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं । कुनै पनि देश बिकासका लागी सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ , त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुदैन तीे देश बिकासको हिसावमा पछाडी परेका छन । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो , तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ , जनताको अवस्था उस्त...
सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ: उद्याेगमन्त्री भट्ट
अर्थ/व्यापार, समाचार

सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ: उद्याेगमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन्।  मंगलबार महाकाली नगरपालिका-१ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए।  वाणिज्य सचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया सुरू गर्ने उनले बताए।  मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो। सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको बताइएको छ। मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम सुरु गर्ने जनाइएको छ।  ...