सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ: उद्याेगमन्त्री भट्ट - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ: उद्याेगमन्त्री भट्ट


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन्। 

मंगलबार महाकाली नगरपालिका-१ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए। 

वाणिज्य सचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया सुरू गर्ने उनले बताए। 

मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो।

सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको बताइएको छ। मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम सुरु गर्ने जनाइएको छ।  

Leave a Reply

Your email address will not be published.