युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित


युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ । अघिल्लो साताभन्दा युरोपमा संक्रमितको संख्या  ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ। सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्।

युरोपमा सबैभन्दा धेरै संक्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा ३२० जनाले ज्यान गुमाएका छन् । योसँगै रसियामा कोरोनाले मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ भने ५२३ जनाको मृत्यु भएको छ ।

स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि संक्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बेलायामा २२ हजारभन्दा बढी इटालीमा २१ हजार ९९४ र जर्मनी १३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । बेल्जियमका अस्पतालहरूमा संक्रमितको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकलाई पनि नियमति काम गर्न सरकारले आग्रह गरेको छ।

बेल्जियममा पछिल्लो २४ घण्टामा १२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ३ लाख ३३ हजार ७१८ पुगेको छ ।वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा युरोपमा २ लाख २३ १९२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ७५७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.