समाचार

राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर
राजनीति, समाचार

राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

डा.डिआर उपाध्याय, अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् । नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो । सरकारको नेतृत्व लिन एक्लै बहुमत कसैको पुग्दैन । त्यसो भएकाले पनि अब बन्ने सरकार दुई वा दुई भन्दा बढी दल मिलेर बनाउनु पर्ने अवस्था छ । ओली नेतृत्वको नेकपासँग अहिले नै एकता गरेर जाने अवस्थामा दाहाल—नेपाल समूह तयार देखिएको छैन । पार्टीको विवाद निकै अघि बढिसकेको छ । अहिले नै एक हुने अवस्था देखिदैन । घटना र परिदृश्यले पनि यही कुरा बताउँछ । नेकपाको विवाद समाधान नहुन्जेलसम्म राजनीति अन्योलता बढने निश्चित छ । नेकपा दुइ खेमामा बिभाजित ...
मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
शिक्षा, समाचार

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो । कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको र विद्यार्थी भर्ना मात्र नभएर असल विद्यार्थी उत्पादन कलेजको मुख्य उदेश्य रहेको बताए । लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बसडरमा नियुक्...
अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री ओली
राजनीति, समाचार

अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री ओली

डा.डिआर उपाध्याय, सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएको केही दिन मात्र भएको छ । अहिले राजनीतिक दलहरू आआफ्ना रणनीति तयार गर्न व्यस्त छन्। सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ । यो अवधि भित्र संसद बैठक बस्न नसके राजनीतिक अन्योलता हुनेछ ।त्यसो भएर पनि सरकारले २३ गतेदेखि संसद् बैठक आह्वान गर्ने निर्णय गरेको छ । संसद बैठक बसेर अहिले देखिएको अन्योलतालाई हटाउनु पर्छ । यो अहिलेको आवश्यकता हो । अदालतले संसद् बैठक १३ दिन भित्र बस्ने आव्हान गरे सँगै संसद बैठक फागुन २३ गते ४बजे बस्ने भएको छ । हाम्रो चाहना भनेको राजनीतिक स्थिरता हो । देश विकासको लागि राजनीतिक स्थिरता कायम हुनु पर्छ । भावी प्रधानमन्त्रीका बारेमा अन्योल देखिएको छ । संसद पुनस्थापना पछिको परिस्थिति जटिल अवस्थामा छ । सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित भएपछि संकट उत्पन्न भए...
मिस ब्युटीफुलको उपाधी पूर्णिमा र मिसेज ब्युटीफुलको पवित्रालाई
मनोरन्जन, समाचार

मिस ब्युटीफुलको उपाधी पूर्णिमा र मिसेज ब्युटीफुलको पवित्रालाई

दक्ष इन्टरनेशनल प्रा.लि.ले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस ब्युटीफुल नेपाल २०२१ र पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ हुनुभएको छ । मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्ुब मस्ट भ्यूज र मल्टि मिडिया च्वाईस अवार्डको उपउपाधिलाई पनि आप्mनो बनाउनुभएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मस्ट आईकोनिक आईज र वेस्ट फिजीक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट र्‍याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट हुनुभएको छ । त्यसैगरी सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पंचुअल, व...
कोरियोग्राफर रोजिन शाक्य ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर’ अवार्डबाट सम्मानीत
मनोरन्जन, समाचार

कोरियोग्राफर रोजिन शाक्य ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर’ अवार्डबाट सम्मानीत

भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेटमा संचालन गरिएको फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित फेसनफेअर अवार्डस् २०२० अन्तर्गतको स्पेशल अवार्ड विधा अन्तर्गत उल्लेखीत क्षेत्रमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेको विभिन्न व्यक्तित्वहरु सम्मानीत भएका छन् । जस अन्तर्गत ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाल फोटोग्राफर अफ द इयर अवार्डबाट सम्मानीत भएका छन् भने कोरियोग्राफर रोजिन शाक्य वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्डबाट सम्मानीत भएका छन् । यसैगरी ट्रान्सजेन्डर सुपर मोडल अन्जली लामा फेसन एक्सीलेन्स अफ द इयर, फोटोग्राफर महेश प्रधान इभेन्ट फोटोग्राफर अफ द इयर, मनोरञ्जन पत्रकार नेमिष गौतम जर्नालिष्ट अफ द इयर, अभिनेता गौरव पहारी सेलिब्रेटी अफ द इयर तथा मिस युनिभर्स नेपाल प्रतियोगितालाई ब्युटी प्याजेन्ट अफ द इयर अवार्डबाट सम्मानी गरिएको थियो । मिस युनिभर्स न...
सरकार गठन अहिलेको आवश्यकता होइन
राजनीति, समाचार

सरकार गठन अहिलेको आवश्यकता होइन

डा.डिआर उपाध्याय, माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि ओली उर्जावान नै छन । उनमा कुनै निराशको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन । तर प्रचण्ड माधव त्यसमा असफल छन । नेता भनेको ओली जस्तो हुनु पर्छ । किन भने जस्तो परिस्थितीमा पनि लडन सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै कातर हुन । मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभए सम्म प्रधानमन्त्री पदवाट राजीनामा दिनु हुदैन । किन भने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको ...
माईकल चन्द निर्देशित ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

माईकल चन्द निर्देशित ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’सार्वजनिक (भिडियो)

सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि भूमिका रहेको छ। https://youtu.be/uA3-faPxOQM लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् । भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले न...
दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा
राजनीति, समाचार

दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा

डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा मुलुकको राजनीति अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा चालेको असंवैधानिक कदमपछि नेकपा दुई खेमामा विभाजित भएको हो ।संसद पुनस्थापना भएपछि पनि नेकपा एक हुने कुनै छाँँटकाँट देखिदैन । नेकपा विभाजनको विषय निर्वाचन आयोगमा विचाराधीन बनेको छ । राजनीतिक दलसम्बन्धी ऐनले जुन समूहतर्फ बहुमत केन्द्रीय कार्य समिति हुन्छ । उसैले नेतृत्व गरेको पार्टीले आधिकारिक मान्यता पाउने भनेर स्पष्ट उल्लेख गरेको छ । तर, अहिले यो विषयमा निर्वाचन आयोगलाई निर्णय गर्न धेरै कठिन भइरहेको छ । प्रमुख ठूला दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा हो । जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट लोकतन्त्र प्राप्त भएको हो । यसमा कसैले खेलवाड गर्नु हुँदैन । मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेपाली जनताको प्रत्यक्ष सहभागिता रहँदै आएको छ । २...
ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित
अर्थ/व्यापार, समाचार

ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर’ अवार्ड बाट सम्मानित

काठमाडौँ — फाल्गुन १६, २०७७। ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०’ बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो । नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन। उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा का...
सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक(भिडियो)

काठमाडौं, १५ फाल्गुण-गायक सुर्य गुरुङ र गायिका सरिता राइको ‘क पुरी क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वाङचु फ्युवा तमाङ एरेन्जर र किशोर थापा मास्टरमिक्सिर रहेको उक्त गीतमा सुर्य माम्बा तमाङको शब्द र संगित रहेको छ । सो म्युजिक भिडियोको निर्दशन भने निर्देशक राजेश आले मगरले गरेका हुन । https://www.youtube.com/watch?v=jack7n-NpUk&fbclid=IwAR0k-B5GAzaWdvk7pPXYpX_yQCPDWRMrbkRBFjzdaGNgAlJa-yJPDvPgNeY जसको सम्पादकमा अच्युत बजगाइँ, छायाँकारमा सुशिल डाँगी र कोरिओग्राफरमा नबिन बिक रहेका छन् । अभिनय तर्फ सोम राज राज तमाङ ( राज घलान ), राहुल बाराइली, बिशाल लामा र पूजा मगरले कलाकारको भूमिका निभाएका छन् । दि पाल्म ग्रुपको पोस्ट प्रोडक्सनमा तयार पारिएको उक्त गीतको भिडियोलाई दि पल्म म्युजिक नामक युउटुब् च्यानलबाट सहजै हेर्न मिल्ने व्यवस्था मिलाईएको छ ।...