माईकल चन्द निर्देशित ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

माईकल चन्द निर्देशित ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’सार्वजनिक (भिडियो)


सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् ।

गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि भूमिका रहेको छ।

लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् । भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *