नेताहरु फुटेर होइन, जुटेर अघि बढ
-डा.डिआर उपाध्याय,
देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो ।
प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य ...









