समाचार

सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती
मनोरन्जन, समाचार

सङ्गीतिक प्रस्तुतिसहित मनाइयो अम्बर गुरुङको ८३औं जन्म जयन्ती

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले फाल्गुण १४ गते प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार सङ्गीतज्ञ अम्बर गुरुङको ८३आँ जन्म जयन्तिका अवसरमा सङ्गीतिक प्रस्तुति सहितको कार्यक्रमको आप्mनै कार्यालय परिसर, बालुवाटारमा आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले सभापतित्व गर्नुभएको कार्यक्रम स्व. अम्बर गुरुङको तस्विरमा माल्यार्पणगरी शुभारम्भ गरिएको थियो । स्वागत मन्तव्यदिने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारी भएका एउटा व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । बोल्ने क्रममा उहाँले अम्बर गुरुङलाई आप्mनो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गर्नुभयो । उहाँले सङ्गीतवद्ध गरेका माया प्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोत गीत...
राजनीतिक खिचातानी
राजनीति, समाचार

राजनीतिक खिचातानी

डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असफल भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम लाई खारेज गर्दै पुनस्र्थापनाको फैसला सुनाएको छ ।अहिले नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको अवस्था छ । दम्भ एवं अहंकारको राजनीति कसैले गर्नु हुदैन भन्ने पाठ सिकाएको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले अनुचित भएको तथ्य सिद्ध भएको छ । अव मुलुकलाई निकास दिन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु अपरिहार्य भएको छ । अहिले मुलुकमा नयाँ सरकार कहिले र कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा चर्चा चलेको छ । नयाँ सरकार त्यति सजिलै बन्ने अवस्था देखिँदैन । नयाँ सरकार गठनको बिषयमा अनेकन बाधा र संवैधानिक एवं कानुनी जटिलता देखिएका छन ।केही संवैधानिक र प्राविधिक जटिलताले नेपालको राजनीति अझै पनि गोलचक्करमा फस्ने खतरा देखिएको छ । मुलुक पुनः राजनीतिक खिचातानी र विवादको ...
मार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदै
अर्थ/व्यापार, समाचार

मार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदै

काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो । सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन । साथै, उनले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रि...
‘क्रियटिभ दिभा’ को लागी आबेदन खुल्ला
मनोरन्जन, समाचार

‘क्रियटिभ दिभा’ को लागी आबेदन खुल्ला

फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ ।प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ ।नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक प्रस्तुती रहने गरी एउटै मञ्चमा प्रतिस्प्रर्धा गराईनेछ । फेशन र मोडलिङसँग सम्बन्धित तीन बिधा सौन्दर्य कर्मि, (मेक अप आर्टिस्ट), फेशन डिजाईनर र मोडल (र्याम्प मोडेल) हरुको आफ्नो प्रतिभा प्रस्तुती एकै समय एउटै मञ्चबाट गराईनेछ । तीन फरक बिधालाई संयोजन गरी एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको कम्पन्री प्रमुख तथा प्रोग्राम डिरेक्टर मोनित महर्जनले बताउनु भयो । कार्यक्रम निकै मनोरञ्जनत्मक हुने अनि भब्य हुनुका साथै सहभागिहरुले आफ्नो क्षेत्रमा एक कदम अघी बढन मद्द...
इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति
राजनीति, समाचार

इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति

डा.डिआर उपाध्याय राजनीतिमा इमान्दारिता नहुँदा जनताले दुःख पाउँछन् । बेइमानको राजनीतिले नेपाली जनताले लामो समयदेखि दुःख पाइरहेका छन् । अब नयाँ पुस्ताले इमानको राजनीति गर्नुपर्छ । इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति हुन्छ । राजनीतिको नाममा कमाउँ धन्दा मौलाएको छ । यो नै देशको लागि सबैभन्दा डरलाग्दो रोग हो । राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कमाउँ धन्दा बनाउनु हुदैन । हाम्रो देशको राजनीति बद्नामी बन्दै गएको छ । यसो हुनु हुँदैन् किनभने नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीतिले सही बाटो लिने हो भने अरुनीतिहरु स्वतःसही बाटोमा आउँछन् । २०४६सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको राजनीति त्यती सहज रुपका साथ इमान,जमान र नीतिमा चल्न सकेन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत टकराव र सत्तास्वार्थमा अधिकांश समय बिताए । जसको कारण मुलुक अघि बढ्न सकेन । व्यक्तिगत ...
दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई
अर्थ/व्यापार, समाचार

दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाई

काठमाडौं, राष्ट्रपति विद्या देवी भण्डारीले डा. गौरी शंकर लाल दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गरेकी छिन् ।विहिवार राष्ट्रपति भवन शितल निवासमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ दासलाई उक्त सम्मानबाट विभुषित गरिएको हो । जन प्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा पुर्व मन्त्री एवम् कानुन आयोगका अध्यक्ष माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, साल्ट ट्रेडिङका संचालक समिती सदस्यहरु ध्यानगोविन्द रंजित, अन्जन श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, वहालवाला एवम् पुर्व उच्च प्रशासक, साल्ट ट्रेडिङका अधिकारीहरु आदीको उपस्थिती रहेको थियो । सम्मान ग्रहण पस्चात कार्यक्रम माझ बोल्ने क्रममा डा. दासले राष्ट्रपतिबाट सम्मानित हुन पाएकामा गौरव महशुश गरेको धारणा राख्दै आफ...
फैसलासँगै प्रतिगामी तत्वहरु पराजित
राजनीति, समाचार

फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । यो नै खुशिको कुरा हो । यो फैसलासँगै प्रतिगामी तत्वहरु पराजित भएका छन् । लोकतन्त्रवादी शक्ति र नेपाली जनताको जित भएको छ । न्यायलयले निष्पक्ष छानबिन गरी जुन यो फैसला गरेको छ यसले न्यायलय माथि विश्वास प्रकट गरेको छ । अलोकतान्त्रिक प्रवृत्तिको पराजय भएको छ । यो फैसलाले गलत बाटोमा गएको संविधानलाई फेरि सही बाटोमा फर्काएको छ । यसका लागि सर्वोच्च अदालतलाई सबै जनताले ह्रिदयदेखि नै धन्यवाद दिनु पर्छ । फैसला सँगै जनताले देशका विभिन्न ठाउँमा खुसीयाली मनाइरहेका छन् । अब मुलुकको राजनीति कसरी विकसित हुने हो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । सर्वोच्च अदालतले संसद बैठक १३ दिन भित्र बोलाउन सुझाएको छ । त्यसपछि देशको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा प्रष्ट होला । नेपालको न्याय क्षेत्रले धेरै प्रश्नचिन्हको सामना गर्नुपरेको ...
अन्ततः संसद पुनस्थापना भएरै छाड्यो
राजनीति, समाचार

अन्ततः संसद पुनस्थापना भएरै छाड्यो

डा.डिआर उपाध्याय, अन्ततः संसद पुनस्थापना भएरै छाड्यो । बर्तमान संकटको निकास भनेको संसद पुनस्थापना हो भनेर म बारम्वार बिषय वस्तु उठाउँदै आफना बिचार राख्दै आएको सर्वबिदितै छ । अव मुलुकको राजनीतिक र संवैधानिक संकट समाधान भएको छ । मुलुक सहि बाटोमा आएको छ । सम्मानित अदालतबाट निष्पक्ष फैसला भएको छ । यसको हामी सवैले स्वागत गर्नु पर्छ । न्याय मरेको छैन भन्ने कुरा प्रमाणित भएको छ । यो फैसलाले जनताको पक्षमा न्याय भएको छ । संसद पुनस्थापना हुनु भनेको जनताको जित हो । यो बेमौसमीमा जनताले चुनाव चाहेका थिएनन । अहिले संसद पुनस्थापना भएर संकट समाधान भएको छ । यो नै राम्रो कुरा हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर जनताको मन जितेको छ । यो नै खुशिको कुरा हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला गर...
साधना म्युजिक अवार्डको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्डको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र प्रदान

सामना क्रियशनको आयोजनामा भएको दोस्रो साधना म्युजिक अवार्ड २०७७ को उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रमाणपत्र प्रदान गरिएको हो । विभिन्न ३० विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, पपलगायतका विधाका स्रष्टाहरूको उपस्थिति रहेको थियो । मनोनयनको प्रमाणपत्र लिने उक्त कार्यक्रममा गायक रामजी खाँड, पुष्कल शर्मा, कस्तुप पन्त, नेत्र भण्डारी, कोरियोग्राफर काजिस श्रेष्ठ, मोडल सनम कठायत, चिरञ्जीवी सापकोटा, पिएन सापकोटा, शिशिर पौडेल, टीका जैसी, उषा सुवेदी, लक्ष्मी कार्की, गायिका सञ्जु न्यौपाने, रितु तामाङ, सङ्गीतकार सन्तोष श्रेष्ठ, एरेन्जर राकेश सोनी, निर्देशक माधव खरेल, जीवन शाही,  देवेन्द्र पाण्डे बहिरा कलकार सुजल बमलगायतको उपस्थिति रहेको थियो ...
पैयूँ कला प्रतिस्ठानद्वारा पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

पैयूँ कला प्रतिस्ठानद्वारा पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

‘संस्कृतिमा बिविधता, बिविधतामा एकता’ भन्ने मूल नारासहित दक्षिण पर्वतको पैयूँ कला प्रतिस्ठानले पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम पैयूँ गाउँपालिका-४ पर्वतमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको पालिकाका अध्यक्ष खगेंद्र प्रसाद तिवारीले उद्घाटन गर्नुभएको थियो । पालिकाका अध्यक्षले समाजमा सचेतना फैलाउन तथा कला संस्कृति जगेर्न एवम् प्रवद्र्धन ग़र्न हर हमेसा प्रतिष्ठान लाई साथ दिने वाचा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानकै कलाकारहरू द्वारा भजन, राष्ट्रिय भावनाले ओतप्रोत तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । प्रतियोगिताका निर्णयक सरिता हिताँग (बविता) ले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन गगन कान्छो ‘पर्वत’ र समीर हिताँग (राजू)ले गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापनमा मनोज सुनुवारले गर्नुभएको प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभातले जानकारी गराउनु भयो ।...