समाचार

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता
अन्तर्राष्ट्रिय, समाचार

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ । डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप चीनसहितका विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् । अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुमा यसअघि नै चिनियाँ खोप आकस्मिक प्रयोगका लागि भन्दै प्रयोगमा आइसकेको छ । डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो । डब्ल्युएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले दाबी गरेको छ ।...
सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)

सूर्य राई दनुवारको स्वरमा रहेको गीत ‘सँगैमिली जिन्दगीको नाउँ तर्न’ सार्वजनिक भएको छ । विकास चौधरीको सङ्गीत नारायण नेपालको रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GU1QpQK22WA भरत केशीले निर्देशन गर्नुभएको गीतको भिडियोमा विजय केसी र मोनिका रायालाई फिचरिङ गरिएको छ ।भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको छ भने गीतको भिडियो कृपा टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ
समाचार, स्वास्थ्य

कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ

-डा.डिआर उपाध्याय, प्राणघातक जस्तो कोरोना भाईरस संग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिन सम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने यो संग जोगिन पनि त पयो नि । धर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोग संग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो । आज देशमा दिनप्रति दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानु पर्ने आबश्यकता देखिएको छ...
तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक
मनोरन्जन, समाचार

तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम तस्बिर राखेकी छन् । उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो । https://youtu.be/qln0km17AII तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ । पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यान...
कर र विवरण बुझाउने समय थप गर्न निजी क्षेत्रद्वारा माग
अर्थ/व्यापार, समाचार

कर र विवरण बुझाउने समय थप गर्न निजी क्षेत्रद्वारा माग

निजी क्षेत्रले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कर्मले आज विज्ञप्ति जारी गर्दै महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि सरकारसँग माग गरेका हुन् । परिसङ्घले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानूनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था ‘एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने’ व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहु...
अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड
मनोरन्जन, समाचार

अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड

नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई  ‘बेस्ट कोरियोग्राफर अफ दी  ईअर ‘अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न नेपाल म्यूज़िक  एक फ़ैशन अवार्ड को समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरीयोग्राफर बिधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका  छन।   यसका साथै फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।  नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीना...
आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं
राजनीति, समाचार

आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं

डा.डिआर उपाध्याय, नेपालमा दोस्रो लहरको कोरोना भाईरस अझै नियन्त्रणमा आउन सकेको छैन । सरकार र सम्वन्धित पक्षहरु कोरोना भाइरस नियन्त्रमा ल्याउन आफनो क्षमताले भ्याय सम्म लागीपरि रहेका छन । सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गर्ने बानी हामी सवै नेपालीहरुले गर्ने गरौं । हामी आफै सुरक्षित हुँदा अरु पनि स्वत सुरक्षित हुन्छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले कोरोना भाइरस माहामारीका रुपमा देखिएको छ । यस्तो बेलामा आफनो घर बाहेक अरु कुनै ठाउँमा जाने काम कसैले नगरौ । घर भित्र पनि सामाजिक दुरी कायम गरेर बसौं । किन कि घर भित्र पनि सुरक्षित नहुन सक्छ । एक आपसमा सुरक्षित रहेर बसौं । कोरोना भाइरस कहिले नियन्त्रमा आउँछ त्यो कुनै ठेगान छैन । तर आशा गरौं , यो दोस्रो लहरको कोरोना भाइरस चाडै नियन्त्रमा आउँछ भनेर । यसलाई चाडो नियन्त्रमा ल्याउने भनेको तपाई हाम्रो अनुशासनमा भर पर्दछ । स...
सुदूरपश्चिम प्रदेशमा एकै दिन दश काेराेना सङ्क्रमितको मृत्यु
समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा एकै दिन दश काेराेना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ। शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ। अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ। कोरोना अस्थायी ...
निशान भट्राईको स्वर रहेको ‘प्रेमपत्र’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्राईको स्वर रहेको ‘प्रेमपत्र’ सार्वजनिक(भिडियो)

गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक भएको छ । आर्शिवाद पन्तको शब्द, प्रमोद पन्तको सङ्गीत तथा रिदम कंडेलको एरेञ्ज र अशोक महर्जन तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=kVJGtAmpiPc चर्चित भिडियो निर्देशक सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीलाई फिचर्ड गरिएको छ । उत्कृष्ट बनेको भिडियो ज्ञान चौलागाईको छायाँकन तथा सम्पादन रहेको छ ।निम बावु तामाङ्गको कोरियोग्राफी रहेको गीतको भिडियो आर्शिवाद म्यूजिकको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
सरकारको मुख ताकेर मात्र बस्नु हुदैन
राजनीति, समाचार

सरकारको मुख ताकेर मात्र बस्नु हुदैन

-डा.डिआर उपाध्याय, कोरोना भाइरसको संक्रमण देशव्यापी रूपमा पुनः बढ्न थालेको समाचार दिनौं जसो आइरहेका छन । यो नै चिन्ताको बिषय बनेको छ । यति बेला संक्रमितको संख्या बढे संगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुदैछ । समयमा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ । यस्तो बाध्यात्मक स्थिति पैदा भएको छ की सम्बन्धित निकायहरु विज्ञप्ति जारी गरेर बसेका छन्। यस्तो बेलामा सम्बन्धित निकायहरुले ठोस कदम चाल्नु पर्ने हो की होइन ? विज्ञप्ति मात्र जारी गरेर पन्छिन मिल्दैन । देश भरी जनता त्रासमा छन । अहिले बढीरहेको यो संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ । यसमा जनता साथ दिन तयार छन । सरकारको एकल प्रयासले सम्भव छैन । अव सचेत र सतर्कता अपनाउने बेला आयो । पूर्व तयारी नभएको कारणले गर्दा यो परिस्थिती आएको हो । छिमेकी देश भारतमा संक्रमितको संख्या बढिरहेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकारले पूर्व तयारी...