अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड


नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई  ‘बेस्ट कोरियोग्राफर अफ दी  ईअर ‘अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न नेपाल म्यूज़िक  एक फ़ैशन अवार्ड को समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरीयोग्राफर बिधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका  छन।  

यसका साथै फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ । 

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो ।

बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । 
यसैगरी, हेयर स्टाइलिस्ट रीना अवाले मेकअप आर्टिस्ट, गीता पौडेल ¥याम्प मोडल, एन्जल श्रेष्ठ ¥याम्प मोडल (बाल), जियान श्रेष्ठ तथा इन्टरनेसनल उमन एचिभर मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षा विश्वकर्मा पुरस्कृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *