समाचार

मातातिर्थ औंशीको अवसरमा गायक रामकृष्ण अभिनित सर्ट मुभी”मेरी आमा “सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

मातातिर्थ औंशीको अवसरमा गायक रामकृष्ण अभिनित सर्ट मुभी”मेरी आमा “सार्वजनिक(भिडियो सहित)

गायक तथा संचारकर्मी रामकृष्ण श्रेष्ठ अभिनित सर्ट मुभी ‘मेरी आमा’ युटयूबवाट मातातिर्थ औंशीको अवसरमा सार्वजनिक भएको छ । गायन संग संगै संचारक्षेत्रमा समेत सक्रिय श्रेष्ठले यस छोटो चलचित्रबाट नायक समेत बनेर बहु प्रतिभाशाली व्यक्तित्वको थप पहिचान बनाएका छन। ठूलो पर्दाका केहि चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले यस सर्ट मुभी मार्फत आफ्नो उत्कृष्ट अभिनय क्षमता समेत प्रर्दशन गरेका छन । https://www.youtube.com/watch?v=SuBvmdUI8xo विशेषत दृष्टिविहिन आमाको पीडा तथा ति आमामाथी बुहारीको चालबाज तथा लाचार छोराको यथार्थ कथामा आधारित मेरी आमाको कथाकार प्रतिष्ठित चलचित्रकर्मी राजकुमार शाह हुनभने, निर्देशन तथा छायांकन रमेश पाठकले गरेका हुन्। मेरी आमामा गायक तथा नायक समेत बनेका रामकृष्ण श्रेष्ठको साथमा मोडल नविना अधिकारी, देबकी श्रेष्ठ,राज श्रेष्ठ,जयराम बर्मा, कृष्ण श्रेष्ठ लगायतले अभिनय गरेका छन्।ललित ...
अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु

अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो ।  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र  १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए ।...
पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त
राजनीति, समाचार

पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका छन्। गत आइतबार राजीनामा दिएका उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। गुरुङले बुधबारै पद तथा गाेपनीयताकाे सपथसमेत लिएका छन्। प्रदेशसभामा विपक्षीहरुले राखेको अविश्वास प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन गुरुङले आइतबार राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले गठबन्धन सरकारका लागि दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेको समय दिएकी थिइन्। विपक्षी गठबन्धनले काँग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने दावी गरे पनि जनमोर्चाले साथ नदिँदा बुहमत पुगेको थिएन। विपक्षीले दावी गरेअनुसार बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि सरकारमा फर्किएका हुन्। उनले अब ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको म...
२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित
समाचार, स्वास्थ्य

२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । ...
राष्ट्रियता बचाउने सवालमा सवै एक हुनु पर्छ
राजनीति, समाचार

राष्ट्रियता बचाउने सवालमा सवै एक हुनु पर्छ

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो आहवान गरेका हुन । अवको राजनीतिक गति कसरी अघि बढछ त्यो भने अहिले नै यकिन गर्न सकिने अवस्था बनि सकेको छैन । राजनीतिमा कति खेर के हुन्छ त्यो भन्न सकिदैन । अहिले राजनीतिमा जे गतिविधि भइरहेका छन ति जनताको पक्षमा भइरहेका छैनन् । ति गतिविधि नेताहरुको सत्ता स्वार्थका लागी भइरहेका छन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका छन । जसले गर्दा आमनागरिक मर्कामा परेका छन । यो कुरा सवैले बुझेका छन । दल र नेताका कारण देश बर्वाद भयो । दल र तिनका नेताहरुल...
गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)

संगीतको दुनियामा आफ्नो सुमधुर स्वर लगायत विभिन्न गीतहरूमा संगीत दिदैँ आफ्नो कलालाई निखार्दै आउनुभएका चर्चित गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको शव्दमा तयार भएको गीतलाई स्वयं सुरेन्द्रले संगीत र जिबित जल्मीले एरेन्ज गरेका हुन । सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोलाई भने गायक रवि सुवेदी तथा राज मर्हजनले संयुक्त रुपमा गरेका छन । रत्न शोभा मर्हजनले सम्पादन तथा रवि सुवेदीकै छायांकन रहेको भिडियोमा गायक सुरेन्द्र तथा मोडल सरिता बज्राचार्यको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=hAy-0ooL1yU&t=4s भिडियो गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्यूब च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक भएको छ । संगीत क्षेत्रमा केही अलग मिठास दिने हेतुले तिरन्तर नेपाल भाषामा गीत लिएर बजारमा आईरहेका सुर...
जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)

समय एक्काईसौ शताब्दीमा पुगिसक्यो तर नेपालमा अझै पनि कँहीकतै जातपातलाई मानिन्छ । अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको छ तर पनि कहिकतै समाजमा यसको छाप कायम नै छ । यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/NHmEvBODYfA सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा जसोदा कार्की, धुर्व कोइराला र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति के सिले निर्देशन गरेका छन । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक के सि कै रहेको छ । भिडियोलाई सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।
विश्वासको मतका लागि भोट नदिने एमाले पार्टिका सांसद (सूचिसहित)
राजनीति, समाचार

विश्वासको मतका लागि भोट नदिने एमाले पार्टिका सांसद (सूचिसहित)

सत्तारुढ दल नेकपा एमालेका २८ जना सांसदहरु प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि मत विभाजन हुँदा एमालेकै २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्रीको प्रस्ताव असफल भएको छ। एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव कुमार नेपाल समूहले सोमबार बिहानै प्रतिनिधिसभा बैठकमा अनुस्थित हुने निर्णय गरिसकेको थियो। सो निर्णय अनुसार एमालेका २८ जना सांसद अनुपस्थित भएका हुन्। पार्टीमा चर्किएको विवादका कारण उनीहरु बैठकमा अनुपस्थित भएका हुन्। सोमबार बिहानसम्म पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भए पनि छलफल सफल हुन सकेको थिएन। सामूहिक राजीनामा दिने बताएको माधव समूहले अन्तिममा बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार नै ह्वीप जारी गर्दै सम्पूर्ण सांसदहरुलाई उपस्थित हुन र प्रस्तावको पक...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । https://www.youtube.com/watch?v=au4cTL0dNak यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।...