समाचार

प्राध्यापक डा. बालचन्द्र लुइटेल काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त
शिक्षा, समाचार

प्राध्यापक डा. बालचन्द्र लुइटेल काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त

काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राध्यापक डा. बालचन्द्र लुइटेललाई २१ असोज २०७८ (October अक्टोबर २०२१) बाट ३ वर्षको अवधिका लागि लागू हुने गरी काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त गरेको छ। प्रा .डा लुइँटेल २०५५/०३/३१ गतेका दिन विश्वविद्यालयमा प्रवेश गर्नु भएको थियो उहाले सन् २००९ मा Curtin University Australia बाट पीएचडी गरी नेपाल फर्किनु भएको थियो अहिले प्रा. डा. लुइँटेलले २० जना पीएचडी विद्याथीहरुलाई सुपरीबेक्षण गरिसक्नु भएको छ MPhil / Master मा गरी ५० भन्दा बढी बिद्यार्थीहरुलाई सुपरीबेक्षण गरी सक्नु भएको छ। प्रा. डा. लुइँटेलले अहिले सम्म ६० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशन गरी सक्नु भएको छ र उहा गणित बिषयको प्राध्यापकको रुपमा परिचित हुनुन्छ। काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशनमा उहाले सहायक डिनको रुपमा सन् २०१४ देखि २०१८ सम्म काम गर्नु आउनु भएको ...
राजनीतिक ध्रुवीकरणका बीच सरकारले पायो पूर्णता
राजनीति, समाचार

राजनीतिक ध्रुवीकरणका बीच सरकारले पायो पूर्णता

-डा.डिआर उपाध्याय, सरकारले पूर्णता पायो । अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ । शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । अब सरकारले कुनै बहाना नगरी देश र जनताको पक्षमा लोक प्रिय काम गरेर देखाउनु पर्छ । यो एउटा अबसर पनि हो । सरकार देश र जनताको आवश्यकतालाई इमानदार सम्बोधन गदै र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ । विद्यमान समस्याको पहिचान गरी ती समस्यालाई सम्बोधन गर्नु नै अहिलेको सरकारको दायित्व हो । कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य समस्या हो । यसबीचमा सरकारले कोरोना महामारी नियन्त्रण र खोपमा राम्रो प्रगति गरेको छ । कोरोना फेरि फैलन सक्ने जोखिम पनि छ । किन भने...
शितल के.सी. यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल
मनोरन्जन, समाचार

शितल के.सी. यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल

नायक शितल के.सी.ले यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन । पिम नेपालले काठमाण्डौमा आयोजना गरेको सन् २०२० र सन् २०२१को फिल्म फेष्टिवलमा नायक के.सी.ले उक्त अवार्ड हात पार्न सफल भएका हुन । तेश्रो तथा चौथो संस्करणको उक्त फिल्म फेस्टिवलमा‘सम्हाली राख है’ चलचित्रबाट के.सी. सर्वोत्कृष्ट नायक घोषित भएका हुन । डेढ दशक लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा अभिनय गर्दै आएका नायक शितल के.सी. चलचित्र जगतको सफल अभिनेता मानिन्छन ।  के.सी. अभिनित सफल चलचित्रमा जाल,द्धन्द,आफन्तको माया, त्रिदेव, हाम्री चेली, मेरो राजेश दाई,दिवानापन,अभियान,जंगली माया लगायत दर्जनौ रहेका छन ।। प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा ग...
विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी  गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । https://youtu.be/7DnGplpBwfk अर्जुन खडकाको निर्देशन रहेको भजनको भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतलाई फिचरिङ गरिएको छ । सनम तामाङको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको कलर संयोजन छ । भजनमा देवी दुर्गाको महिमा व्यक्त गरिएको छ । ‘बडा दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष स...
काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने
मनोरन्जन, समाचार

काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने

काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित राज ढुंगेलले जानकारी दिए । विगत एक दशक भन्दा लामो समय देखि आ -आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने     अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहांहरुले पुर्याउनु भएको महत्वपूर्ण सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो । कार्तिक १३ ...
युएईमा नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल सम्पन्न
मनोरन्जन, समाचार

युएईमा नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल सम्पन्न

युएई : नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले कोभिड १९ कोरोनाको महामारी वेला आफ्नो ज्यानको बाजिमारेर विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तित्वलाई कोभिड १९ का योद्धाहरुको उच्च सम्मानमा आयोजित नेसनल हिरो अवार्ड २०७८ बाट भब्य सम्मान गरेको छ । मध्य रातमा दुवईमा भब्य आयोजित अवार्ड शोमा नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड कोभिड १९ प्रदान गरिएको छ । उहाको उत्पादनको अक्सिजनले हजारौं नेपालीको जीवन रक्षा गरेकोले उहालाई गर्बसाथ अवार्डको टर्फीबाट उच्च सम्मान गरिएको हो । त्यसैगरी कोभिड १९ महामारीमा तन, मन, धनले निस्वार्थ आम नेपाली जनतालाई निस्वार्थ दिलो ज्यान सहयोग पुर्याउन महत्त्वपूर्ण सहयोग पुर्याउन्ने अन्य सामाजिक अभियान्ताहरूलाई अवार्ड र सम्मान पत्र प्रदान गरिएको थियो। यसै बिधा अन्तरगत नेसनल हिरो अवार्ड कोभिड १९ संस्करणमा सविता गुरुङ निर्माता तथा सामाजिक अभियन्ता, कादमबरी श्रेष...
निल पुन तथा मेलिना राईको ‘अच्छा लेकिन’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निल पुन तथा मेलिना राईको ‘अच्छा लेकिन’को भिडियो सार्वजनिक(भिडियो)

गायक निल पुन तथा गायिका मेलिना राईको अच्छा लेकिनको भिडियो सार्वजनिक भएको छ । दाईको रेकर्डस नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोको गीतको शव्द तथा संगित पनि गायक पुनकै रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीतलाई सुरज शाही ठकुरीले मास्टरिङ्ग गरेका हुन ।गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियो निर्माण चन्द्र प्रसाद गौचन तथा गीता गौचनले निर्माण गरेका हुन । https://youtu.be/lCaSAwVCZ9g अहिलेका चर्चित मोडलहरु सुधिर श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको भिडियोमा कमेडियन खबपु तथा मानवी श्रेष्ठलाई समेत देख्न सकिन्छ । सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका छन भने सम्पादन विकास दाहालले गरेका हुन भने जया शर्माले क्रियटिभ निर्देशन गरेकी छिन ।...
मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम
अर्थ/व्यापार, समाचार, समाज

मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो । अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका विभ...
क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै
अर्थ/व्यापार, समाचार

क्लव उड्ल्याण्डको आज उद्घाटन हुदै

काठमाडौं, विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउनने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोर मा यहाँहरुलाई मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिनु भयो । वन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको वताउछन क्वलका अध्यक्ष प्रेम श्रेष्ठ ।...
तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए । त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहे...