शितल के.सी. यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

शितल के.सी. यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल


नायक शितल के.सी.ले यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन । पिम नेपालले काठमाण्डौमा आयोजना गरेको सन् २०२० र सन् २०२१को फिल्म फेष्टिवलमा नायक के.सी.ले उक्त अवार्ड हात पार्न सफल भएका हुन । तेश्रो तथा चौथो संस्करणको उक्त फिल्म फेस्टिवलमा
‘सम्हाली राख है’ चलचित्रबाट के.सी. सर्वोत्कृष्ट नायक घोषित भएका हुन । डेढ दशक लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा अभिनय गर्दै आएका नायक शितल के.सी. चलचित्र जगतको सफल अभिनेता मानिन्छन ।  के.सी. अभिनित सफल चलचित्रमा जाल,द्धन्द,आफन्तको माया, त्रिदेव, हाम्री चेली, मेरो राजेश दाई,दिवानापन,अभियान,जंगली माया लगायत दर्जनौ रहेका छन ।
। प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डको हलमा भव्य रुपमा सम्पन्न उक्त समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरौलाले गरेका थिए ।

त्यस्तै, चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाईन माध्यमवाट चलचित्रहरुको प्रदर्शनी गरिएको थियो भने विभिन्न विधाका निर्णायकहरु राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रहरुको मुल्यांकन गरिएको फेष्टिवलका अध्यक्ष कमला जोशीले जानकारी गराएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *