आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?
-डा.डिआर उपाध्याय,
हिजो मन्त्री परिषद बिस्तार पक्कै हुन्छ भन्र्ने सबैले सोचेका थिए । तर हिजो पनि मन्त्री परिषदले पूर्णता पाउन सकेन । आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ? आज पनि के हुने हो कुनै ठेगान छैन । मन्त्रालयको भागबण्डामा चित्त नबुझे पछि दलहरु बीच अझै सहमती जुटन सकेको छैन । यसरी कति दिन पर धकेल्ने ? माओवादीले मन्त्री बन्नेको टुंगो लगाईसकेको छ ।
एकिकृत समाजवादीले पनि मोटामोटी मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । जसपाले मन्त्री छनोट गर्न उपेन्द्र यादवलाई जिम्मा दिएको छ । लामो समय सम्म मन्त्री परिषदले पूर्णता पाउन नसके पछि सरकारको सबैतिरबाट आलोचना भइरहेको छ । यसरी देश बनाउन सकिदैन । देश बनाउन योग्य व्यक्ति चाहिन्छ । राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई बुझन सकेनन् ।
विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्...









