समाचार

‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई
मनोरन्जन, समाचार

‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई

काठमाडौँ — ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड एन्ड लाइट र लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रीट सपोर्टर रहेको थिए । समसाद शाहको डिरेक्सन, स्वीकृति प्याकुरेलको व्यवस्थापन साथै सुजित बस्यालको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सेजल महर्जन र फिबिका चौलागाईं ‘फस्ट रनर अप’ तथा आर्यन कार्की र प्रीति भट्ट सेकेण्ड रनर अप घोषित भए। विधागततर्फको अवार्डमा कन्फिडेन्ट जयदेश राई र स्नेहा कार्की, पर्सनालिटी साईमोन तामाङ र आयुष्मा शाह, फोटोजेनिक आर्यन कार्की र आयुष्मा अधिकारी, फिजिक् पासाङ तामाङ र प्रीसा ज...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को पहिलो छनौट चरण सम्पन्न, अर्को अडिसन माघ ८ मा
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को पहिलो छनौट चरण सम्पन्न, अर्को अडिसन माघ ८ मा

मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि पहिलो अडिसन हिजो राजधानीमा सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । नेपाली चलचित्र क्षेत्रका सदावहार नायक भुवन केसी, लोकदोहोरी क्षेत्रका लोकप्रिय तथा वरिष्ठ गायक राम प्रसाद खनाल, हांस्य व्यंग्य क्षेत्रका चर्चित कवि तथा वरिष्ठ कलाकार शैलेन्द्र सिंखडा, वरिष्ठ हांस्य कलाकार उत्तम केसी, बरिष्ठ कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य तथा मिसेस व्यूटिफुलकी विजेता एवं गायिका स्मृति पोखरेलको जुरी टिमले सहभागिहरुको अडिसन लिएका थिए ।बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि दोश्रो अडिसन माघ ८ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफे...
जनताको कुरा कसले बुझ्ने….?
राजनीति, समाचार

जनताको कुरा कसले बुझ्ने….?

-डा.डी.आर.उपाध्याय, आज देशमा तमाम समस्या छन । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरा तर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटि माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरु ...
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न
समाचार, समाज

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७  औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको  छ । एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३  को ७  औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो । “नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको काम...
बज्र गुरुङ्गको स्वरमा जापानी गित‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

बज्र गुरुङ्गको स्वरमा जापानी गित‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

लामो समयदेखि जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको संगीत संयोजन रहेको गीतको भिडियो होटल र्याडिसनमा एक कार्यक्रमका उक्त जापानी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ एवं नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी नागरिक एवं व्यबसायी यौची टाडा र मेग्मिको विशेष अतिथीको रुपमा उपस्थिती रहेको थियो । वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो । गीत, संगीत, कलाक...
साइमन र खुशीलाई फेश अफ टिनको उपाधि
मनोरन्जन, समाचार

साइमन र खुशीलाई फेश अफ टिनको उपाधि

काठमाडौं, साइमन थापा र खुशी कार्कीलाई फेश अफ टिन सिजन टूको उपाधि प्राप्त भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा साइमन र खुशीले विजेताको ट्रफी उचालेका हुन् । प्रतियोगितामा शीर्षक श्रेष्ठ र प्रशंसा श्रेष्ठले फस्ट रनर अप तथा रोहित तामाङ र अन्शा मुल्मीले सेकेन्ड रनर अप उपाधि हात पार्न सफल भएका छन् । सिल्भर स्टार इन्टरटेन्मेन्टको ब्यानरमा सम्पन्न सो प्रतियोगितामा करिष्ना श्रेष्ठलाई मोस्ट पपुलर विधाको विजेता चयन गरिएको थियो ।...
अब हामी पनि सचेत बनौं
राजनीति, समाचार

अब हामी पनि सचेत बनौं

-डा.डिआर उपाध्याय, छिमेकी मुलुकहरूमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ। कोरोना भाइरस संक्रमणवाट बँच्न सचेत र सावधानी अपनाउने काम गरौं । छिमेकी भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन्। विशेषगरी तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका १० नाकामा जोखिम बढेको छ। सीमा क्षेत्रमा जनस्वास्थ्यसम्बन्धी जोखिमलाई नजरअन्दाज गर्दा संक्रमणको जोखिम बढ्ने निश्चित छ। सिमानासँगै विमानस्थलमा पनि मापदण्ड पालना, स्वास्थ्यजाँचलाई प्रभावकारी बनाउनुपर्छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वास्थ्यजाँच एवं परीक्षण सर्वसुलभ हुनुपर्छ। हेल्थ डेस्कलाई प्रभावकारी बनाउनु पर्छ। छिमेकी देश भारतमा पनि कोभिडको नयाँ लहर देखिएको छ। यसबाट कुनै पनि बेला नेपाल संक्रमणको चपेटामा नपर्ला भन्न सकिन्न। डब्लूएचओका अनुसार डेल्टाभन्दा ओम...
मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना
मनोरन्जन, समाचार

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना

 काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै उनीहरुले एक लाख बराबरको पुरस्कार राशी जितेका छन्, जसमा थाइल्याण्ड टुर प्याकेज, म्युजिक भिडियोमा अभिनयको अवसर, निशुल्क फोटो एवम् भिडियो शुट आदी सुविधा समावेश छ । साथै एक बर्षका लागि उनीहरु आयोजक कम्पनीको ब्राण्ड एम्बेसडर चयन भएका छन् । यसका अलवा उनीहरुले विभिन्न गिफ्ट् हाम्पर समेत प्राप्त गरेका छन् । मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेसँगै उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस टिन इन्टरनेशनलमा सहभागीता जनाउन पाउनेछन् । त्यस्तै प्रतियोगिता अन्तर्गत फर्स्ट रनर अपमा एरिक श्रेष्ठ र...
”फतौरि कान्छि” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

”फतौरि कान्छि” सार्वजनिक(भिडियो)

तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ । अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो । https://youtu.be/UV_zcD6oVKs तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन । कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ । समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिपे...
गायिका रेश्माको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका रेश्माको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)

गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मूंगाको माला’ सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यसअघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् । उनीको स्वरमा अन्य गीतहरु तामाङकी चेली, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छन् । https://youtu.be/pIZqHw9LefY मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगीत चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियोतर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन् भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनीलाई देख्न सकिन्छ ।...