‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को पहिलो छनौट चरण सम्पन्न, अर्को अडिसन माघ ८ मा - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को पहिलो छनौट चरण सम्पन्न, अर्को अडिसन माघ ८ मा


मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि पहिलो अडिसन हिजो राजधानीमा सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । नेपाली चलचित्र क्षेत्रका सदावहार नायक भुवन केसी, लोकदोहोरी क्षेत्रका लोकप्रिय तथा वरिष्ठ गायक राम प्रसाद खनाल, हांस्य व्यंग्य क्षेत्रका चर्चित कवि तथा वरिष्ठ कलाकार शैलेन्द्र सिंखडा, वरिष्ठ हांस्य कलाकार उत्तम केसी, बरिष्ठ कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य तथा मिसेस व्यूटिफुलकी विजेता एवं गायिका स्मृति पोखरेलको जुरी टिमले सहभागिहरुको अडिसन लिएका थिए ।
बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि दोश्रो अडिसन माघ ८ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा नै हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनलको पहिलो अडिसनबाट छनौट भएका प्रतियोगिहरुको अन्य चरणका कार्यहरु सुचारु गर्दै लैजाने जानकारी आयोजकले दिएको छ ।

उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य तथा अन्य ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।
इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यलय तथा रोयल एलिनाज क्याफे, नयाँ बानेश्वर बाट फर्म लिएर भाग लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *