समाचार

प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न
समाचार, समाज, स्वास्थ्य

प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न

कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशेष...
अर्जुन र यमुनाको स्वरमा’अपमान’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अर्जुन र यमुनाको स्वरमा’अपमान’ सार्वजनिक(भिडियो)

यमुना सुनार र अर्जुन घमालको स्वरमा ‘अपमान’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । डिजिटल स्टार पोखराको प्रस्तुती रहेको भिडियोलाई ‘डिजिटल स्टार’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । तारानाथ आचार्यको शव्द रहेको गीतको एरेन्ज पनि उनले नै गरेका हुन । तारापती सुवेदीको संगीत रहेको गीतको टाईटल अर्जुन घमालको रहेको छ । यो उनको स्वरमा रहेको पहिलो गीत रहेको छ । https://youtu.be/H8cxrpt8my4 जातिय विभेद सम्बन्धि निकै मार्मिक रहेको गीतको भिडियोमा जीवन सहनी र सरिता धनकुटीको अभिनय रहेको छ भने भिडियोलाई शिवराजा भुर्तेलले निर्देशन, सम्पादन तथा छायांकन गरेका हुन । पोखराका रमणीय स्थानहरु समेटिएको भिडियोलाई सुरेश भुर्तेलले छायांकनमा साथ दिएका छन ।...
देश वर्षौंदेखि भ्रष्टाचारको दलदलमा
राजनीति, समाचार

देश वर्षौंदेखि भ्रष्टाचारको दलदलमा

-डा.डिआर उपाध्याय, सार्वजनिक पदमा रहेका सबै राष्ट्रसेवक कर्मचारी तथा उच्च पदमा रहेका सबैले आफनो सम्पत्ति बिवरण सार्वजनिक गर्नु पर्छ । त्यसो भयो भने मात्र इमानदारीता देखिने छ । लामो समय देखि नै राजनीतिक नेतृत्व इमानदार तथा देश र जनताप्रति समर्पित हुन सकेनन् । राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुन नसक्दा समस्या उत्पन्न भएको छ । आज राजनीतिक नेतृत्व अपादर्शी हँदै जाँदा देशमा मनपरी भएको छ । नेताहरु नै आफ्नो सम्पत्ति लुकाउदै आइरहेका छन् । सबै सम्पत्ति लुकाउने र आफ्नो नाममा केही पनि नभएको विवरण दिने काम नेताहरुले गदै आएका छन । नेताहरुको जीवनशैली र तडकभडक हेर्दा जनतालाई लाज भएको छ । अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने काममा पूर्ण रूपमा बेवास्ता गरिरहेका छन् । सार्वजनिक ओहोदामा रहेका सबैले सम्पत्ति विवरण सार्वजनिक गरेर इमानदारीता देखाउन सक्नु पर्छ । अब...
अनुजा मिडियाबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान
मनोरन्जन, समाचार

अनुजा मिडियाबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान

काठमाडौं | अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, ब्यबसायी तथा समाजसेवी रामशरन बस्नेत लगाएत सम्मानित भए । सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सिकाइबाट नै सफलता मिल्ने बताएका छन् । उनले परिवर्तनका लागि निरन्तर खोज, अनुसन्धान र निरन्तर सिकाइ नै...
हाम्रो देशको राजनीति कता जान खोजेको हो ?
राजनीति, समाचार

हाम्रो देशको राजनीति कता जान खोजेको हो ?

-डा.डिआर उपाध्याय, हाम्रो देशमा बिकास र समृद्धिका कुरा चल्न थालेको धेरै भयो । तर अझै पनि राजनीतिक दल र तिनका नेताहरु बिकास र समृद्धिका कुरा गर्न थाकेका छैनन् । बिकास र समृद्धि कुराले मात्र हुन्छ की काम पनि गर्नु पर्छ ? जनताको त्याग , तपस्या, बलिदान र जनताको बलमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा दोहोरिएका छन । जनताले उनीहरुबाट के आश गर्ने ? लोकतन्त्रको नाममा नेता र दल पाल्ने काम बाहेक केही भएको छैन । सरकारी ढुकुटी हरेक बर्ष नेता पाल्दा पाल्दै सकिने गर्दछ । देशमा ७ सालदेखि परिवर्तनका लागी जनता लडदै आएका हुन । जनताले देशको अबस्था बदल्न ब्यवस्था परिवर्तन गरेका हुन । नेताहरुलाई सुख सयल र आरामको जिन्दगी बिताइदिन जनताले यो ब्यवस्था परिवर्तन गरेका होइनन् । देशमा महँगी बढेको बढै छ । जनता मारमा छन । विदेशी ऋणको भार छ । के लोकतन्त्रक...
सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । https://youtu.be/zlTls6l0iuQ राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्या...
फेशन फिभर फ़्राइडे नाइट सम्पन्न
मनोरन्जन, समाचार

फेशन फिभर फ़्राइडे नाइट सम्पन्न

फेशन फिभर फ़्राइडे नाइट कार्यक्रम धुमधाम साथ् सम्पन्न भएको छ। क्रिश्मसको अघिल्लो दिन इभ मनाउने हिसाबले आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षकको रुपमा कलाकार मेचु धिमाल थिइन्। कार्यक्रममा रेडियो झापाका एमडी कोशिस सिवाकोटी, सी जी ब्रेव्रिका मेची अफिसर रमेश बानियाको समेत उपस्थिति रहेको थियो। आयोजित कार्यक्रमको सुरुवात स्थानीय गायक सुदेश राइको एकल प्रस्तुतिबाट भएको थियो। कार्यक्रममा फेशन शोका लागि सुस्कृति नेपाली, स्वेता सुबेदी, सम्पना सुन्दास, बिनाम पोमु लिम्बु, आयुष गुरुङ्ग, नतिजा प्याकुरेल लगायतका मोडेलहरु रहेका थिए। कार्यक्रममा मेचु धिमालको स्वागत प्लानेट मल्टिमिडियाका सीइओ मोनित महर्जन, रेड मगका एम ड सबिन राइ, मुकेश शाह र ओशा राइले गरेका थिए। उक्त कार्यक्रममा सम्पूर्ण सहयोगी कम्पनि, मिडिया, मोडेल र प्रायोजक कम्पनिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा मेचु धिमालले...
कैलाश खाकीले दिए नेपाल जनस्वास्थ्य संघको महासचिवमा उमेदवारी
समाचार, स्वास्थ्य

कैलाश खाकीले दिए नेपाल जनस्वास्थ्य संघको महासचिवमा उमेदवारी

नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिनुभएको हो । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुवीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने छु ।’ जस्त...
आशा भारती आईन ‘संघर्ष’ मार्फत भिडियोमा(भिडियो)
मनोरन्जन, समाचार

आशा भारती आईन ‘संघर्ष’ मार्फत भिडियोमा(भिडियो)

मेक्सम खाती र दिपिका भुषालको स्वरमा संघर्षको भिडियो सार्वजनिक भएको छ । सापकोटा प्रडक्सनको प्रस्तुती रहेको गीत नारायण पांडेको संगित संयोजन तथा कमल सौरगले एरेन्ज गरेका हुन ।कृष्ण सापकोटा शव्द रचना तथा निर्देशनमा तयार भएको भिडियो हरिश महराको छायांकन तथा नविन घर्ति मगरको सम्पादन रहेको छ । https://youtu.be/IKYzWnUdb_M नव मोडल आशा भारतीको उत्कृष्ट अभिनय रहेको भिडियोमा उनलाई कृष्ण सापकोटा,सुनील ज्ञवाली तथा बालकलाकार पूर्विता श्रेष्ठले अभिनयमा साथ दिएका छन । भिडियो कृष्ण सापकोटा युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।मोडल आशा यसै गीतबाट डेव्यू मोडलको रुपमा प्रस्तुत भएकी छिन । मोडल आशा यस भिडियोबाट आफुलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिएकी छिन । उनका अन्य केहि गीतका भिडियो चाडै सार्वजनिक हुने तयारीमा रहेको छ । संचारकर्मी तथा कार्यक्रम संचालक समेत रहेकी आशा मोफसलमा रहेर मोडलिङ्गमा सक्रिय र...
अब माओवादीको उस्तै कि फरक पार्टी निर्माण ?
राजनीति, समाचार

अब माओवादीको उस्तै कि फरक पार्टी निर्माण ?

-डा.डिआर उपाध्याय, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रले यो महाधिवेशनबाट कस्तो नीति ल्याउला भन्ने कुरामा सबैको चासो बढेर गएको छ । पार्टीलाई कुन धारमा लैजान्छ भन्ने चासो हो । माओवादी केन्द्र मुलुकको तेस्रो ठूलो राजनीतिक दल पनि हो । शान्तिपूर्ण राजनीतिक मूल धारमा आए पछि यो पार्टीले संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको छ । तर, यसले क्रान्ति गर्ने भन्ने कुरा अझै छाडेको छैन । माओवादी पार्टी अझै दुविधाको अवस्थामा रहेको मान्न सकिन्छ । यो कुराले जनतामा एक खालको आशंका पैदा भइरहेको छ । जेसुकै भए पनि माओवादी प्रति जनता आर्कर्षित छैनन् । त्यति ठूलो पार्टी फुटेर चिरा चिरामा बिभाजित छन । मोहनबैद्य, बाबुराम, बिप्लव, टोप बहादुर रायमाझी, बादल लगायतका नेता पार्टी छोडेर गएका छन । यी नेता बिनाको माओवादी खल्लो जस्तो देखिएको छ । आमजनताको हित...