”फतौरि कान्छि” सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

”फतौरि कान्छि” सार्वजनिक(भिडियो)


तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ । अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो ।

तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन । कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ । समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिपेश प्रधानले गरेका हुन । गायक बिशाल काल्तानको अर्को ” गादे जेबा छामे ” बोलको नयां गित पनि केहि दिन पछि म्युजिक भिडियोका साथ बिशाल काल्तान च्यानलबाट आउने गायक काल्तानले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *