सालुका समाजसेवी खड्काको पहलमा सेतीदेवी विद्यालयमा शैक्षिक सामाग्री वितरण
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ स्थित सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत करिव २०० भन्दा बढि विद्यार्थीहरुलाई स्कूल व्याग तथा खेलकुद सामाग्री वितरण गरिएको छ । सोही वडाका स्थायी वासीन्दा तथा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका युवा समाजसेवी गोपाल खड्काको पहलमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । मन्थली वडा नं.४ का वडा अध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक गगन वहादुर श्रेष्ठको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमका वीच स्कूल व्याग,कापी लगायत खेलकुदका सामाग्रीहरु वितरण गरिएको थियो । रामेछाप जेसीज,रास्ट्रखबर,जि.पि.कोइराला फाउन्डेसन,निकिला मिडिया नेटवर्क,किवानिस क्लब मेरीगोल्ड,कार्यक्रम व्यबस्थापन संघ तथा छ्न्दे इन्टरटेन्मेन्ट को विशेष पहलमा संकलित विभिन्न शैक्षिक सामाग्रीहरु संयोजक गोपाल खड्काले थप...










