‘सान एसईई फुट्सल प्रतियोगिता’ -२०७९ शुरु - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

‘सान एसईई फुट्सल प्रतियोगिता’ -२०७९ शुरु


काठमाडौं । विद्यार्थीमाझ लोकप्रिय रहेको सान ईन्टरनेशनल कलेजले यस वर्ष एसईई परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरुलाई लक्षित गरी ‘सान एसईई फुट्सल प्रतियोगिता -२०७९’ को आयोजना गरेको छ ।

असार ८ गते कलेजका अध्यक्ष डा.सुवाष घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब १५ दिन लगातार चल्ने प्रतियोगीताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्नेछन ।

‘शिक्षासंगै खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै कलजेका कार्यकारी प्रमुख गोपाल भण्डारीले भन्नु भयो, ‘सान कलेजबाट थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भई राष्ट्रको गौरवको रुपमा योगदान दिदै समाज र राष्ट्रको गरिमा कायम राख्न सफल भएका छन । खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा समेत देश र यस कलेजको पहिचान बनाउदै आएका छन ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका भाईस प्रेसिडेन्ट रोहित सिंह पौडेल, साफ गेमका वेट लिफ्टिङ्गका कास्य पदक विजेता प्रकाश केसी, राष्ट्रिय फुटवल टिमका युद्ध थापा मगर, किक वक्सिङ्गका अन्तराष्ट्रिय खेलाडी युवराज कार्की, बक्सिङ्ग च्याम्पियन कुसुम तामाङ्ग लगायत थुप्रै राष्ट्रका गहना खेलाडी तयार गर्न सफल यस कलेजले यस वर्ष पनि दश जना विद्यार्थीलाई आगामी शैक्षिक सत्रको कक्षा ११ र कक्षा १२ मा पूर्ण छात्रवृति दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.