मनोरन्जन

सुनम घले र रुथलेसको र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक
मनोरन्जन, समाचार

सुनम घले र रुथलेसको र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक

वैशाख १३ । र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको छ । सुनम घले र रुथलेस को र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको हो । रुथलेस कै बिट, मिक्सङ तथा माष्टरिङ रहेको ‘आमा’मा रुथ अनि रेबोजिको स्वर छ । रेबोजि घले युट्युमार्फत सार्वजनिक भएको टिजरमा आमा र छोराको मायालाई दर्शाउन खोजिएको छ । https://youtu.be/u4g5XBpIGwc नेपाली र्‍याप गीतका लोकप्रिय म्युजिक प्रोड्युसर रुथलेस जसले भिटेन, ग्रीष खतिवडा, मिष्टर डीसँग काम गरिसक्नु भएको छ । यस्तै रेबोजिका पनि ‘कहानी’, ‘हिरो’, ‘सान’लगायत र्‍याप गीत युवामाझ लोकप्रिय छन् । यो ‘आमा’ गीतमा पहिलोपटक रेबोजि र रुथले सहकार्य गर्नुभएको हो । गीतको भिडियो यही वैशाख २९ गते रेबोजि घले युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ । गीतको भिडियोमा मञ्जु श्रेष्ठ, युगज्योति क्रियाशील, रुथलेस, सुनम घले, दर्शिल पन्त, विजय खत्रीको अभिनय छ ।...
माधवराज खरेल निर्देशित चलचित्र चिट्ठी’को छायांकन सम्पन्न
मनोरन्जन, समाचार

माधवराज खरेल निर्देशित चलचित्र चिट्ठी’को छायांकन सम्पन्न

काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ,मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजारम...
‘तिम्रो मायामा’ गीतको भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘तिम्रो मायामा’ गीतको भिडियो सार्वजनिक(भिडियो)

मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकर को आवाज रहेको ‘तिम्रो मायामा’ गीतको भिडियो हाइलाइट नेपाल बाट रिलिज भएकोछ। धर्मेन्द्र शाही ठकुरी ,प्रीतिका शर्मा, दिवाकर जङ थापा, र श्रेया दुलालको अभिनयमा शंकर अधिकारी घायलको गीत/ संगीत र निर्देशनमा डिके हमालको नृत्य र शृङार र राहुल कोइराला को छायांकन रहेकोछ भने अन्जली थापाको सम्पादन रहेको छ। https://www.youtube.com/watch?v=NpkvoxcYR9w दुई युगल जोडिको माया प्रेम लाई रमाइलो ढंगले प्रस्तुत गरिएकोछ, मायामा हास खेल अनि ठ्ट्टा भए जीवन अझ रमाइलो बन्छ भन्ने दिन खोजेकाछन निर्देशक घायलले।...
‘मिस्टर एण्ड मिस ग्रेस एसईई’ २०२२ हुँदै
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस ग्रेस एसईई’ २०२२ हुँदै

विगत ६ वर्ष वर्षदेखि नेपालमा विभिन्न सफल कार्यक्रम, इभेन्टस, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायत आयोजना गरेर राम्रो नाम कमाउन सफल ग्रेस इभेन्ट्सले नेपालका विभिन्न प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, धरान, चितवन, झापा लगायतमा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२२’ आयोजना गर्ने भएको छ । काठमाण्डौको धुम्बाराहिमा अवस्थित साईपल एकेडेमीमा एक पत्रकार सम्मेलन आयोजना गरी ग्रेस इभेन्ट्सले उक्त कुराको जानकारी गराएको थियो । कार्यक्रममा ग्रेस इभेन्ट्सका प्रमुख सल्लाहकार तथा साइपल एकेडेमीका प्रबन्धक निर्देशक सुमन नगरकोटि, सिईओ सुरज थापा, महासचिव पवन कोइराला, फोटोग्राफर हेड बिन्द्रा प्रजापति, निर्द्शक दिपशना दुलाल, फाइनन्स हेड अनित श्रेष्ठ प्रजापती, आईटी हेड अनमोल श्रेष्ठ, बगमती प्रदेशका संयोजक धर्मराज पनेरु, प्रदेश १ का संयोजक भुषन पोमो लिम्बु, झापाका संयोजक मोना राइ, धरानका...
‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक(भिडियो)

काठमाडौं । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको ‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।चर्चित गायक शिब परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो यसै साता बजारमा आएको हो ।होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् ।गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ । https://www.youtube.com/watch?v=-x-bsvPWH0I गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ ।गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् ।भिडियोलाई योगेश दाहालले...
मोडल श्रीदेव भट्टराई र जेबिका कार्कीले छुट्टिनु पर्दा भोगेको ‘पीडा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मोडल श्रीदेव भट्टराई र जेबिका कार्कीले छुट्टिनु पर्दा भोगेको ‘पीडा’ सार्वजनिक(भिडियो)

मोडल श्रीदेव भट्टराई र जेबिका कार्कीले छुट्टिनु पर्दा भोगेको पीडा सार्वजनिक भएको छ । जेबिकासँग अचानक छुट्टिनु पर्दा श्रीदेवको जिन्दगी नै उजाडिएको खुल्न आएको छ । यो उनीहरुको वास्तविक जीवनको भोगाइ नभएर अभिनय मार्फत प्रस्तुत गरेको एक म्युजिक भिडियोको कथा हो । “पीडा” बोलको गीतमा श्रीदेव र जेबिका पहिलो पटक देखिएका हुन । उनीहरुको जोडी भिडियोमा जमेको छ । श्रीदेव र जेबिका दुबै फिल्म र मोडलिङमा सक्रिय छन् । https://youtu.be/6h36o07-Wx8 श्रीदेवले भाइमारा, न्यु जेनेरेसन, छल, चाल, विरानो माया, सुकुलगुण्डा, कुइनेटो, चिठ्ठी लगायतका चलचित्र र बैगुनी रैछौ मायालु, तिमी मेरो पूजा, क्या बात, ऐलान, माया केबल माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका छन । अनुशाषित नायक अवार्डधारी श्रीदेवको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको थियो । पछिल्लो समय ब्यस्त जेबिकाले अभिनय गरेको चलचित्र हिजो आज...
‘कसले सक्छ र खुशी दिन’मा सविता र प्रेम(भिडियो)
मनोरन्जन, समाचार

‘कसले सक्छ र खुशी दिन’मा सविता र प्रेम(भिडियो)

सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ । https://youtu.be/ao6q_UCbAKg एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ । सविता खड्का गरिमा पारिवारिक टेलि...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पुस्तकलाई पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाँकार उत्सब दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनी सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिला लगायतले पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गर्नुभएको थियो । १९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्या...
नगद राशी सहितको ‘साधना म्यूजिक रिवार्ड’हुदै
मनोरन्जन, समाचार

नगद राशी सहितको ‘साधना म्यूजिक रिवार्ड’हुदै

नेपाली गीत संगीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड अव परिमार्जीत सहित म्यूजिक रिवार्ड हुने भएको छ । लामो समयदेखि गी संगीत क्षेत्रमा सक्रिय संस्था सामना म्यूजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोश्रो साधना म्यूजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्यूजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन ।नेपाली गीत संगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरुलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।केहि दिनमानै ईच्छुक सर्जकहरुका लागि आवेदनका लागि फाराम वितरण गरि उत्कृष्ट पांचबाट विजेतालाई नगद राशी सहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्य...
सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’
मनोरन्जन, समाचार

सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् सौन्दर्यविद सुष्मा महरालाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ साल प्रवेशको पावन अवसरमा संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महरालाई उक्त सम्मान प्रदान गरिएको हो । सेवामुलक व्यावसायिक क्षेत्रबाट महरालाई सम्मान गरिएको चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए । फेसियल हाउस नेपालको नम्बर एक ब्युटी शैलुन भएको दाबी गरिएको छ । सामाजिक सेवामा क्रियाशील रहेर लगनशील, कर्तव्यनिष्ठ, विभिन्न क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरूको सहभागितामा स्थापना भएको मुनाफारहित सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको उक्त राष्ट्रियस्तरको कार्यक्रममा उच्च सरकारी अधिकारीहर...