विगत ६ वर्ष वर्षदेखि नेपालमा विभिन्न सफल कार्यक्रम, इभेन्टस, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायत आयोजना गरेर राम्रो नाम कमाउन सफल ग्रेस इभेन्ट्सले नेपालका विभिन्न प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, धरान, चितवन, झापा लगायतमा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२२’ आयोजना गर्ने भएको छ ।
काठमाण्डौको धुम्बाराहिमा अवस्थित साईपल एकेडेमीमा एक पत्रकार सम्मेलन आयोजना गरी ग्रेस इभेन्ट्सले उक्त कुराको जानकारी गराएको थियो ।
कार्यक्रममा ग्रेस इभेन्ट्सका प्रमुख सल्लाहकार तथा साइपल एकेडेमीका प्रबन्धक निर्देशक सुमन नगरकोटि, सिईओ सुरज थापा, महासचिव पवन कोइराला, फोटोग्राफर हेड बिन्द्रा प्रजापति, निर्द्शक दिपशना दुलाल, फाइनन्स हेड अनित श्रेष्ठ प्रजापती, आईटी हेड अनमोल श्रेष्ठ, बगमती प्रदेशका संयोजक धर्मराज पनेरु, प्रदेश १ का संयोजक भुषन पोमो लिम्बु, झापाका संयोजक मोना राइ, धरानका संयोजक सौरभ श्रेष्ठ, बिराटनगरका मिस्टर ग्रेस २०१९ अनिश चापागाँई, हेटौंडाका संयोजक अशु तामाङग, चितवन का संयोजक रेजु श्रेष्ठ, काठमाण्डौका संयोजक अन्किता मल्ल, ललितपुरका संयोजक रिया श्रेष्ठ, भक्तपुरका संयोजक मेरिना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सहभागीताका लागि १५ वर्ष उमेर भन्दा माथिका किशोर किशोरी, अनिवार्य रुपमा २०७८ सालको एस्ईई परिक्षा दिएको हुनुपर्ने जसले नेपालका विभिन्न तोकिएको ८ शहरबाट अनलाईन फर्म भर्न सकिने महासचिव कोइरालाले जानकारी गराए ।
शिक्षा सबैको लागि भन्ने मुख्य उद्देश्यका साथ गर्न लागिएको यस् सौन्दर्य प्रतियोगिताले गर्दा मोडलिङमा मात्र नभई समाजिक, शिक्षा क्षेत्रमा विभिन्न कृयाकलापमा समेत बिकास हुने र प्रतियोगी सबैलाई ए लेभल र विभिन्न कलेजहरुमा छात्रवृत्ति दिईने कुरा साइपल एकेडेमीका प्रबन्धक निर्देशक नगरकोटिले जानकारी गराउनु भयो ।
मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने किशोर किशोरिले यस् प्रतियोगिताको छनौट चरण मार्फत प्रर्तिस्पर्धा गर्दै एक महिने विशेष तालिम गराई विभिन्न अनुभवी ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ लगायतका प्रशिक्षण तथा ज्ञान उपलब्ध गराईने छ । त्यस लगायत उदघोषण तालिम, फोटोसुट, क्यामफायर, राफ्टिङ, मोटिभेसन क्लास तथा व्यक्तिगत बिकास सम्बन्धी विशेष प्रशिक्षणको व्यवस्था गरिएको जानकारी
ग्रेस इभ्नेण्टसका सिईयो समेत रहेका सुरज थापाले जानकारी गराए ।
आयोजकका अनुसार यस् प्रतियोगितामा सहभागीता जनाउन कुनै अडिशन र फर्म शुल्क नलाग्ने तर छनौट भईसकेपछी भने तालिम शुल्कका रुपमा प्रती व्यक्ती रु १५००० बुझाउने पर्ने शर्त राखिएको र बिजेताले पुरस्कार स्वरुप मुस्ताङ भ्रमण गर्ने अवसर, नगद पुरस्कार, राफ्टिङ, परिवारसंग क्यामफायर, गिफ्ट ह्याम्पर लगायतका पुरस्कारहरु प्राप्त गर्ने आयोजकले जानकारी गराए ।
साथै सम्पूर्ण इच्छुकहरुले दिईएको नम्बर र ठेगानामा आफुले सम्पर्क गरी नाम टिपाउन सकिने जानकारी पनि उक्त कार्यक्रममा जानकारी गराइयो ।