खेलकुद

युनाइटेड बिरुद्ध २–१ को संघर्षपूर्ण जीत
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

युनाइटेड बिरुद्ध २–१ को संघर्षपूर्ण जीत

डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेफिल्ड युनाइटेडबिरुद्ध २–१ को संघर्षपूर्ण जीत हासिल गरेको छ । भर्जिल भान डाइकबिना मैदानमा उत्रेको लिभरपुलका लागि फाबिनोले गल्ती गरेपछि सेफिल्डले खेलको १३ औँ मिनेटमा पेनाल्टी पाएको थियो । जसलाई सान्डर बर्जले सजिलै गोलमा परिणत गरे । तर, पहिलो हाफ सकिन लाग्दा साडियो मानेको प्रहारलाई सेफल्डका गोलकिपरले पक्रन नसक्दा रोबर्टो फर्मिन्होले त्यसको फाइदा उठाउँदै बराबरी गोल फर्काए । दोस्रो हाफमा डिओगो जोटाले गोल गर्दै लिभरपुलको पुनरागमन पुरा गरे । प्रिमियर लिगमा लिभरपुल पछिल्लो दुई खेलमा जीतविहीन रहेको थियो । जीतसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लेको छ । उता, शनिबार नै भएको खेलमा म्यानेस्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरीमा चित्त बुझाएका छन् । खेलपछि चेल्सीका म्यानेजर फ्रांक लाम्पार्डले खेलको पहिलो हाफमा ह्यारी म्याग...
एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । लिड्ससँग हारेसँगै एस्टनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा एस्टनसँग ३-० ले पराजित भएको हो ।लिड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् । पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ ।जितपछि तेस्रो स्थानको लिड्सको ६ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ ।...
राजस्थान रोयल्समाथि हैदराबादको सहज जित
खेलकुद, समाचार

राजस्थान रोयल्समाथि हैदराबादको सहज जित

 इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । यूएईमा राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३ रन र विजय शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस ...
विश्व फुटबल बरियतामा नेपाल यथावत्
खेलकुद, समाचार

विश्व फुटबल बरियतामा नेपाल यथावत्

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् रहेको छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले बिहीबार जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।...
बार्सिलोनाको विजयी सुरुवात
खेलकुद, समाचार

बार्सिलोनाको विजयी सुरुवात

लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन शानदार जितबाट गरेको छ। अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको समूह जी मा रहेको बार्सिलोनाले फेरेनक्सारोसी टिसीलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २७ औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान लियोनल मेस्सीले गोल गरे। उनले च्याम्पियन्स लिगको १६ औँ सिजनमा गोल गरेर म्यानचेस्टर युनाइटेडका पूर्व वेङ्गर रायन गिग्सले च्याम्पियन्स लिगका १६ सिजनमा गोल गरी बनाएको कीर्तिमानसँग बराबरी गरे । ४२ औँ मिनेटमा आन्सु फातीले गोल गरे । ५२ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । ८२ औँ मिनेटमा १७ वर्षे किशोर पेद्रो गोन्जालेज लोपेजले बार्सिलोनाका लागि गोल गरे । उनले सिनियर गेममा पहिलो गोल गरेका हुन् । यस्तै ८९ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेपछि बार्सिल...
मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक
खेलकुद, समाचार

मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

काठमाडौं, ०३ कार्तिक- ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई...
चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे । रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दीपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ...
आईपीएलको शीर्ष स्थानमा मुम्बई, कोलकाता ८ विकेटले पराजित
खेलकुद, समाचार

आईपीएलको शीर्ष स्थानमा मुम्बई, कोलकाता ८ विकेटले पराजित

साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।मुम्बईका राहुल चाहरले २ विकेट लिए । य...
बार्यन म्युनिखको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

बार्यन म्युनिखको शानदार जित

डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो ।...
अफगानी क्रिकेटर टाराकाईको सडक दुर्घटनामा परी मृत्यु
अन्तर्राष्ट्रिय, खेलकुद

अफगानी क्रिकेटर टाराकाईको सडक दुर्घटनामा परी मृत्यु

अफगानिस्तानका शिर्ष क्रमका ब्याट्सम्यान नाजीब टाराकाईको सडक दुर्घटनामा मृत्यु भएको छ । गत साता पूर्वी नांगरहारमा सडक पार गर्ने क्रममा एक कारले टाराकाईलाई ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार उनको मृत्यु भएको पुष्टि गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत अफगानिस्तान क्रिकेट बोर्डले उनको मृत्युको पुष्टि गरेको हो । टाराकाईले अफगानिस्तानको लागि एक टी–ट्वान्टी र १२ एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । उनी टोलीका ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्थे ।...