अन्तर्राष्ट्रिय

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् । ‘राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,’ मन्त्री पिचाल्सकीले ट्विटरमा लेखेका छन् । पोल्यान्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो ।...
एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । लिड्ससँग हारेसँगै एस्टनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा एस्टनसँग ३-० ले पराजित भएको हो ।लिड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् । पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ ।जितपछि तेस्रो स्थानको लिड्सको ६ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ ।...
विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड १९ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड १९ लाख नाघ्यो

 विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड १९ लाख बढी कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ४२ हजार बढीको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २८ हजार ३६७ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा प...
अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो । विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।...
सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी
अन्तर्राष्ट्रिय, समाचार

सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन्। तर सुडानी आक्रमणमा घाइते भएकाहरुमध्ये केहीले राष्ट्रपति ट्रम्पको शर्त स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन्। यो कदमले अफ्रिकी मुलुक सुडानका लागि अन्तर्राष्ट्रिय ऋण र सहायता लिन बाटो खुल्नेछ जसबाट पहिल्यै संकटग्रस्त सुडानी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन र देशको लोकतन्त्रलाई सही मार्गमा ल्याउन ढोका खोल्नेछ।  अमेरिकी राष्ट्रपति पदको चुनाव हुनु दुई हप्ता अगाडि उक्त घोषणा गरिएको छ। ट्रम्प प्रशासनले सुडान समेत अन्य अरब देशहरूलाई इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न सहजीकरण समेत गरिरहेको छ।  सुडान र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न सुडानलाई आतंकवाद प्रायोजकको ...
इटालीमा कोरोना संक्रमण रोक्न  कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू लाग्ने भएको छ। इटालीको लोम्बार्डिया क्षेत्रमा बिहीवार राती ११ बजे देखी बिहान ५ बजेसम्म कर्फ्यू लाग्ने भएको हो। अहिले तत्कालको लागि कर्फ्यूको समय तीन हप्ताको लागि तोकिएको छ। यो समयमा कसैलाई पनि घरबाट बाहिर निक्लन अनुमति नभए पनि बाहिर निक्लन आवश्यक परेको खण्डमा के गर्ने भन्ने बारे जानकारी आउन बाँकी छ। लोम्बार्डिया क्षेत्रमा सङ्क्रमितको संख्या दैनिक रूपमा बढीरहेको छ। यो क्षेत्रबाट नै फेब्रुअरी २१ मा पहिलो पटक इटालीमा कोरोना संक्रमण देखिन सुरु भएको थियो। अहिले आठ महिनापछि पनि लोम्बार्डिया क्षेत्रमै संक्रमणको संख्यामा तीब्र वृद्धि भएको छ। यसअघि नै इटालीको सबै शहरहरुमा मास्क अनिवार्य गरिएको थियो। रेस्टुरेन्ट, वार र पबहरु राती १२ बजे सम्म मात्रै खोल्न अनुमति दिइएको थियो भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट, वार र पब बाहिर जम्मा हुन प्रतिबन्ध लगाइएको थियो।...
सञ्जय दत्त क्यान्सरबाट मुक्त
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

सञ्जय दत्त क्यान्सरबाट मुक्त

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ। भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्‍पतालको सूत्रले पनि यसको पुष्टि गरेको दैनिक भास्करले दाबी गरेको छ।
अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए
अन्तर्राष्ट्रिय, समाचार

अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए

अजरबैजान र अर्मेनियाबीचको युद्धमा परी अर्मेनियाका ७२९ जना सैनिक मारिएको अर्मेनियाले जनाएको छ। सोमबार थप २० जना सैनिक जवान मारिएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आधकारिक रुपमा अजरबैजानको भूमि रहेको तर अर्मेनियाको कब्जामा रहेको नार्नो कारबाख क्षेत्रलाई लिएर यी दुई मुलुकबीच युद्ध शुरु भएको चोथो हप्ता भएको छ। यो बीचमा दुई पटक युद्ध विराम घोषणा गरिए पनि युद्ध जारी रहेको छ। युद्धका क्रममा भएको क्षतिबारे अर्मेनियाले जानकारी दिए पनि अजरबैजानले भने हालसम्म भएको क्षतिबारे केही जानकारी दिएको छैन। अजरबैजानका राष्ट्रपतिले युद्ध समाप्त भएपछि सबै जानकारी दिइने बताएका छन्। यसैबीच अजरबैजान–अर्मेनिया युद्धकाबीच आफ्नो भूमिमा कुनै पनि प्रकारले मिसाइल खसे तयसको जवाफ दिने छिमेकी मुलुक इरानले चेतावनी दिएको छ। इरानले जानेर वा गल्तीले इरानी भूमिमा कुनै ...
विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु

विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३  हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् । यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ...
अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका छन्। हिन्दुहरुको महान चाड बडादशैँ शनिबारदेखि सुरु भएको छ। सबैले घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गरेका छन्। दशैँलाई असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ। यसबीचमा राष्ट्रपतिका लागि चुनावमा उठेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका हुन्। उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस् र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’...