स्वास्थ्य

कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि
समाचार, स्वास्थ्य

कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि

चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराउनुभयो ।नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा. गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।उहाँले खोप लगाउन जाँदा ...
आज चीनबाट ९ लाख खोप ल्याइँदै
समाचार, स्वास्थ्य

आज चीनबाट ९ लाख खोप ल्याइँदै

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु(याउनेछ । त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा क...
थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको
समाचार, स्वास्थ्य

थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, ६ हजार ४०४ जना निको

मंगलबार नेपालमा ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ३०६ पीसीआर र ६३० एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार ३८७ र २४९ जना गरी ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १६९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ७ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका छन् ।...
२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।...
कोरोनासंग कसैले खेलवाड नगरौं
समाचार, स्वास्थ्य

कोरोनासंग कसैले खेलवाड नगरौं

-डा.डिआर उपाध्याय, अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ । सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं । कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेलाए...
एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।
अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु

अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो ।  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र  १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए ।...
२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित
समाचार, स्वास्थ्य

२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । ...
एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।
कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ
समाचार, स्वास्थ्य

कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ

-डा.डिआर उपाध्याय, प्राणघातक जस्तो कोरोना भाईरस संग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिन सम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने यो संग जोगिन पनि त पयो नि । धर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोग संग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो । आज देशमा दिनप्रति दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानु पर्ने आबश्यकता देखिएको छ...