२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित


पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । 
हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *