समाचार

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी
समाचार, स्वास्थ्य

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताए ।...
ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार
अपराध, समाचार

ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार

मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षागार्ड रुद्र मगरमाथि खुकुरी प्रहार भएको छ । बैंकमा आएका सेवाग्राहीको लाइन मिलाउने क्रममा भएको विवादपछि एक जनाले मगरकै खुकुरी खोसेर प्रहार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइते मगरको उपचार सिनामंगलस्थित केएमसीमा भइरहेको छ । खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए । ...
भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख पुग्‍यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख पुग्‍यो

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाखभन्दा बढी पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७ हजार ९७ भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ भने हालसम्म भारतमा ६३ लाख ८३ हजार ४४१ भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। विश्वभर भने संक्रमितको संख्या तीन करोड ८७ लाख ५६ हजार २१४ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर १० लाख ९७ हजार २ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।...
ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते
समाचार

ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते

काठमाडौँको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । नयाँ बजारको फलफुल चोकस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट भएको हो । बिहान ११ बजेर ५० मिनेट जाँदा किरिया पुत्री बसेको ठाउँमा सिलिन्डर बिस्फोट भएको हो । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्काले जानकारी दिए । घाइतेहरुको त्रिवि शिक्षण अपस्पला, मनमोहन अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।...
गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक(भिडियो)

लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । https://www.youtube.com/watch?v=IoemGpJrino&feature=emb_logo सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतकार रावलले निश्...
यातायात निर्देशिका जारी
अर्थ/व्यापार, समाचार

यातायात निर्देशिका जारी

चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ ।कोभिड–१९ को बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन तथा टिकट खरिद तथा बिक्री प्रक्रियालाई थप पारदर्शी बनाउने गरी निर्देशिका जारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।निर्देशिकामा मध्यम तथा लामो दूरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले अनिवार्य रूपमा अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ । विभागले एक सयदेखि २५० किलोमिटरसम्मलाई मध्यम र २५० किलोमिटरभन्दा बढीलाई लामो दूरी भनेर परिभाषित गरेको छ ।अनलाइन टिकटका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले प्रयोगमा ल्याउने सफ्टवेयरला...
कोरोनाको औषधी मानिने गुर्जो सेबन गर्नुका यति धेरै फाइदा !
समाचार, स्वास्थ्य

कोरोनाको औषधी मानिने गुर्जो सेबन गर्नुका यति धेरै फाइदा !

आज भोली बजारमा गुर्जोको माग बढेको छ। खेतबारी र जंगलमा पाइने यो वनस्पतिबारे यसअघि कमैलाई मात्र थाहा थियो। कोराना महामारी बढ्दै गएपछि गुर्जोको माग बढेको विज्ञ बताउँछन्। यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन्।गुर्जो जुनसुकै उमेर समूहले पनि खान मिल्छ। खाने तरिका भने उमेर र तौलअनुसार फरकफरक हुन्छ। ‘आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ। आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ’, वैद्य भन्छन्।कोरोना संक्रमण बढ्दै गएपछि गुर्जोको माग धेरै भएको उनी बताउँछन्। मागअनुसार सेवाग्राहीसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ । गुर्जो समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ। यो लहरा प्रजातिको वनस्पति हो। तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जोको पात पानको जस्तै हुन्छ। यसको डाँठ फुस्रो हुन्छ । महाभारत पर्वत श...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

उच्चरक्त चाप भएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि आजै डिस्चार्ज हुने भएका छन्।बुधबार उच्च रक्तचाप भएपछि खनाल धुम्बाहारीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए। ‘एक्कासी उच्च रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ ह्याम्स अस्पताल भर्ना गरिएको थियो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईलेसँग भने, ‘अहिले रक्तचाप कम हुँदै गएको छ। रक्तचाप सामान्य भएपछि संभवत : आजै डिस्जार्च हुनुहुनेछ।’ यसैगरी नेता खनालको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ। अस्पताल भर्ना हुनु अगाडि उनको कोरोना टेस्ट गरिएको थियो। डाक्टरले बुधबार बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल अस्पताल भर्ना भएका हुन्।...
कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ती ७५ वर्षीया वृद्धाको बनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। काभ्रेमा आज ४० सङ्क्रमित थपिएका छन्। जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत बनेपा नगरभित्र मात्रै छन्। नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन्। यस्तै कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन्। ...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन
राजनीति, समाचार

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सीमानाका निय...