ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार


मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षागार्ड रुद्र मगरमाथि खुकुरी प्रहार भएको छ ।

बैंकमा आएका सेवाग्राहीको लाइन मिलाउने क्रममा भएको विवादपछि एक जनाले मगरकै खुकुरी खोसेर प्रहार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइते मगरको उपचार सिनामंगलस्थित केएमसीमा भइरहेको छ । खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए । 

Leave a Reply

Your email address will not be published.