समाचार

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो
समाचार, स्वास्थ्य

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

 जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो । पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।...
३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए
अर्थ/व्यापार, समाचार

३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

कोरोना महामारीकै बीचमा विभिन्न ३२ मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो । त्यससता आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली स्वदेश फर्किन थालेकोमा पछिल्लो समय नियमित उडान समेत सञ्चालन हुन थालेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरु ठूलो संख्यामा रहेका छन् ।  हालसम्म ३२ देशबाट नेपाली फर्किएकोमा जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् । भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थल...
विश्वभर २४ घण्टामा थपिए २ लाख ५० हजार नयाँ संक्रमित,संक्रमितको संख्या ४ करोड ४० लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर २४ घण्टामा थपिए २ लाख ५० हजार नयाँ संक्रमित,संक्रमितको संख्या ४ करोड ४० लाख

 विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ। तीमध्ये तीन करोड १० लाख २३ हजार ३३३ जना निको भएका छन् भने हालसम्म ११ लाख ६७ हजारले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजार १६४ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ८९ लाख ७९ हजार ३६० जना संक्रमित भएका छन्। तीमध्ये २ लाख ३१ हजार ३४४ जनाको मृत्यु भएको छ। अमेरिकामा ५८ लाख ४३ हजार ३०३ जना निको भएका छन्। दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाख ७८ हजार ९७२ जना संक्रमित पुगेका छन् । ती मध्ये १ लाख १९ हजार ८७१ जनाको मृत्यु भएको छ भने भारतमा ७२ लाख ४२ हजार ९९५ जना निको भएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५४ लाख १५ हजार ६७१ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख ५७ हजार ५२८ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४८ लाख ६५ हजार ९३० जना निको भएका छन्। चौथो नम्बरमा रहेको र...
ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने
अन्तर्राष्ट्रिय, समाचार

ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ। एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन्। कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन्। उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियो। तर अदालतले मानहानीको मुद्दा खारेज गरेको हो। ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको ती महिलाको आरोप छ। कारोलले मुद्दामा राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत उल्लेख गरेकी छन्। ट्रम्पले भने आफूमाथि लागेको आरोप झुट रहेको बताएका छन्। न्याय विभागले ट्रम्पको सट्टा आफ्नै तर्फबाट मानहानीको मुद्दा दायर गरेको थियो। त्यसलाई लिएर ...
बाघको आक्रमणबाट दुईको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट दुईको मृत्यु

मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो।धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। ...
काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित

 काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् । विगत्को अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो। मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच सय ७० जना सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...
थप ५७० जनामा कोरोना पुष्टि, ३१ सय ६८ निको भए, १४ को मृत्यु
समाचार, स्वास्थ्य

थप ५७० जनामा कोरोना पुष्टि, ३१ सय ६८ निको भए, १४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।...
जाडोमा कोरोनाको प्रकोप बढने अनुमान:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

जाडोमा कोरोनाको प्रकोप बढने अनुमान:डा.डिआर उपाध्याय

जाडोमा कोरोनाको प्रकोप बढने अनुमान अव जाडो सुरु हुन थालेको छ ।जाडोमा कोरोनाको प्रकोप बढने अनुमान गरिएको छ । जाडो सुरु नहुँदै काठमाडौँ उपत्यका र देशका केही जिल्लाहरूमा सङ्क्रमणको स्थिति भयावह बन्दैगएको अवस्था छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको परिस्थिति भयावह बन्दै गएको छ । अस्पतालमा बिरामीको चाप बढेर आइसीयू र भेन्टिलेटरको अभाव भइसकेको छ । सरकारले सक्रिय सङ्क्रमितको बिरामीलाई अस्पतालमा उपचार गराउन नसकिने भन्दै हात नै उठाइसकेको छ ।समान्यतया जाडोको समयमा रुघाको प्रकोप बढ्ने गर्छ । रुघाबाट जोगीन न्याँनो कपडा लगाउने , तातो पानी पटक पटक पिउने गर्नु पर्छ । सरकारले जाडो याममा प्रकोप बढ्ने सम्भावनालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरण, उद्धार र राहतका विभिन्न कार्यक्रम तय गर्नु पर्ने देखिन्छ । सरकार सुरुदेखि नै कोरोनाको सम्भावित सङ्क्रमणप्रति करिब करिब उदासीन रहँदै आएको छ । कोरोना नियन्त्रणसम्बन्धी नीत...
आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं: डा.डिआर उपाध्याय
समाचार, समाज

आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं: डा.डिआर उपाध्याय

नेपालीको प्रमुख चाड दसैँको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दसैँको विशेषता नै हो। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौ. । यति बेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ।भेटघाट र भीडभाडले कोरोना संक्रमणको दर अझै बढने खतरा छ । दसैँमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका÷ज्येष्ठ नागरिकहरूसमक्ष जानु पर्ने हुन्छ । यसले झन जोखिम बढने खतरा छ । त्यसैले आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं । तपाई हामी सवै आआफ्नै घरभित्र बसेर दसैँ मनाऔं । यो महामारीबाट सुरक्षित हुन सकिए दसैँ त अर्को वर्ष पनि मनाउन सकिन्छ। हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं , त्यहीँ बसेर हाँसी , खुशी दसैँ मनाऔं । अव हरेक नागरिक सचेत हुनु पर्ने बेला आएको छ । अहिले हेलचेक्र्याइँ गर्...
राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण
राजनीति, समाचार

राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्। राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए। सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिइन्।...