समाचार

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने
राजनीति, समाचार

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण तय भएको छ। परराष्ट्र स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यही नोभेम्बरको अन्तिम हप्ता केही घण्टाका लागि काठमाडौ आउने तय भएको छ। नेपालमा सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला काठमाडौंमा चिनियाँ राजदूतको सक्रियता बढेको छ। यही परिदृश्यमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण पनि तय भएको हो। वाङ केही एशियाली मुलुकको भ्रमणका लागि बेइजिङबाट निस्कने र सोही क्रममा काठमाडौंमा पनि उत्रिने स्रोतले जनाएको छ। काठमाडौंमा रहँदा चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च नेतृत्वसँग भेट गर्ने बताइएको छ। चिनियाँ विदेशमन्त्रीको काठमाडौं अवतरण र भारतीय विदेश सचिव हर्ष वद्धर्न श्रृंगलाको नेपाल भ्रमणको सयम लगभग एउटै हुने स्रोतले बताएको छ। नेपाल मामिलामा सुषुप्त परराष्ट्र नीति कार्यान्वयनमा ल्याएको चीन पछिल्ला केही वर्षहरुमा आक्रामक रुपल...
भत्ता लिने पोसाक नलगाउने
राजनीति, समाचार

भत्ता लिने पोसाक नलगाउने

 केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ । कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताए।उनले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न नपाइँदैन बताए । सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा का...
छठका अवसरमा राष्ट्रपति सहभागी नहुने
राजनीति, समाचार

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।...
युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा

बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् । उनलाई मानहानीको टोसिस समेत पठाइएको छ ।बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए । यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए ।  राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’ अर्काे एक भिडियोमा भनिएको थियो, ‘सुशान्तको मावलामा अक्षय...
बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता
खेलकुद, समाचार

बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। ढाकास्थित बंगबन्धु रंगशालामा भएको पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीका रुपमा मैत्रीपुर्ण खेललाई लिएको छ। मैत्रीपुर्ण खेलबाट विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। मैत्रीपुर्ण खेलका लागि बगंलादेश पुगेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भने उतैबाट आइलिग खेल्न भारत पुगिसकेका छन्।...
दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने
अन्तर्राष्ट्रिय, समाचार

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

भारतको राजधानी दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई २ हजार रुपियाँ जरिवाना गरिने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिँदै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने बताए। उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका थिए। कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ। सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए।...
भेन्टिलेटरमा पुगेको राजनीतिलाई सकुशल बाहिर निकाल्न अत्यन्त कठिन:डा.डिआर उपाध्याय
राजनीति, समाचार

भेन्टिलेटरमा पुगेको राजनीतिलाई सकुशल बाहिर निकाल्न अत्यन्त कठिन:डा.डिआर उपाध्याय

बिचौलिया दलालहरुले भन्टिलेटरमा पु¥याएको राजनिति बिपन्नदेखि सम्पन्नसम्म किशोर–किशोरी देखि वृद्ध–वृद्धासम्म अत्यन्त चासोका साथ चर्चा हुने विषय हो राजनिति । विशेष गरी प्रजातन्त्र पुर्नस्थापन देखि संघिय लोकतान्त्रिक गर्ने उद्योग व्यवासाय बनाए , यसबारे सबै जागरुक नेपालीहरुले चासो ब्यक्त गर्ने गरेका छन् । साना पार्टी देखी ठुला पार्टीसम्म निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनितिक पार्टी देखि दुईचार जनाको दस्तखतबाट एउटा माइन्युट रजिष्टरमा सञ्चालित पार्टीका नेता– कार्यकर्ताहरुको जीवनशैली तडक भडकयुक्त नै भेटीन्छ । यद्धपी ति मध्ये धेरैको देखिने आम्दानीमुलक ब्यवसाय खासै हुँदैन । राजनितिमा नवप्रवेशी तथा सरकारी सुविधा पाउने कुनै पदमा नपुगेका नेताहरु समेतमा धेरैसंग महंगा गाडी छन , उनीहरु विलासी जीवन गुजारीरहेका छन् । उनिहरुका नजिकका ब्यक्ती पीठ पछाडी खुलेरै भन्छन्– नेताज्यूको ब्यवसाय हो । ठेक्का– पट्टा,...
बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना संक्रमण
खेलकुद, समाचार

बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना संक्रमण

बंगलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहनुभएका उपाध्यायलाई कोरोना भएको हो। सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य छ। यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो। नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो। गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो।...
चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ
अपराध, समाचार

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए। पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए।...
६७३१ पीसीआर परिक्षण गर्दा १४४२ जना संक्रमित थपिए, थप १२ जनाको मृत्यु
समाचार, स्वास्थ्य

६७३१ पीसीआर परिक्षण गर्दा १४४२ जना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११२ नमुना परीक्षण गर्दा थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ। यस्तै हालसम्म ९१० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण भएको छ ।...