समाचार

भारतीय  कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

भारतीय कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ

नारकोटिक्स कन्ट्रोल ब्यूरोले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ ।एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् । एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए । मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ ।केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो ।...
स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने
अर्थ/व्यापार, समाचार

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ । कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए । आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयल...
व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने
अर्थ/व्यापार, राजनीति, समाचार

व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने

सरकारले कोभिड–१९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो । यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिए । यो कार्यविधि आजकै मितिदेखि लागू भएको पनि उनले जानकारी दिए । विगतमा व्यवसायीबाट आएको मागलाई सम्बोधन गर्दै उक्त निर्णय ग...
मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण
रोचक, समाचार

मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । त्यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम भ्ज्द्दज्ञटक दिइएको छ । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो । ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो । यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो ।...
३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ
अपराध, समाचार

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो । जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।...
देशभर १९४५ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर १९४५ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३४० नमुना परीक्षण गर्दा थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ। यस्तै हालसम्म ७५३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परिक्षण भएको छ ।...
जनतालाई आशा जगाउने कुनै प्रयाश हुन सकेन : डा.डिआर उपाध्याय
राजनीति, समाचार

जनतालाई आशा जगाउने कुनै प्रयाश हुन सकेन : डा.डिआर उपाध्याय

डा. डीआर उपाध्याय सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लामो समयदेखि आन्तरिक द्वन्द्वले यथिवेला मुलकको राजनीतिक क्षितमा नै काला बादल मडारिएको देख्न सकिन्छ विकसित घटनाक्रमले । कोरोना भाइरस (कोभिड–१९)ले निम्ताएको महामारीको असामयिक परिस्थितिमा मुलुक हाँकिरहेको जिम्मेबार पार्टी नै मूल दायित्व बिर्सेर आन्तरिक द्वन्द्वमा केन्द्रित हुँदा आमजनतामा आक्रोश र निराशा पैदा भएको छ यतिबेला । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच देखिएको आपसी वाकयुद्धले कतै पार्टी फुटको संघारमा त छैन भन्ने भान हुन थालेको छ । यद्यपि, पार्टी भित्रका दोस्रो र देस्रो तहका नेताहरू पार्टी एकतालाई जोगाउनुको विकल्प नभएको भन्दै निरन्तर पहलकदमी अगाडि बढाइरहेका छन् । पार्टीं भित्रको किचलो छताछुल्ला भएर बाहिर आइरहँदा आम कार्यकर्तामा निराश बनेका छन् यतिबेला । प्रमुख दलभित्रको यो किचलो बढ्दै जादा अहिलेसम्म प्राप्त उपल्बधि ...
वस्तुगत संघमा उम्मेदवारी दिएका सुबोध कुमार गुप्ताको परिचय, आबद्धता र वचनबद्धता
अर्थ/व्यापार, समाचार

वस्तुगत संघमा उम्मेदवारी दिएका सुबोध कुमार गुप्ताको परिचय, आबद्धता र वचनबद्धता

सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने ग...
भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।  ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ ।...
आज छठ पर्वको मुख्य दिन,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
समाचार, समाज

आज छठ पर्वको मुख्य दिन,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

 प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिन...