समाचार

गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा”नेपाल गए कपालसँगै”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा”नेपाल गए कपालसँगै”सार्वजनिक(भिडियो)

गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको नयाँ लोक गित”नेपाल गए कपालसँगै ” को म्यूजिक भिडियो आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ । https://youtu.be/eyMr2JNLPAY सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।...
नेपाल–भरत सिमाना खोल्नुपर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा
अर्थ/व्यापार, राजनीति, समाचार

नेपाल–भरत सिमाना खोल्नुपर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा

सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ। सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्गलबार र बुधबार ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थिय...
भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ ।...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
समाचार, समाज

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुहुन्छ ।प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वातावरण बन...
चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर सार्वजनिक(भिडियो)

चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर युट्युब मार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ती’ बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन, राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झण्डाको व्यापक प्रयोगगरी दृश्य छायाँकन गरिएको सम्भवत यो नै पहिलो पटक हो । झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ । https://www.youtube.com/watch?v=rsqMZ0M_LZE&feature=youtu.be&fbclid=IwAR2nNDw0Ic9mgxly5MMU6Lt...
दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु
समाचार, समाज

दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु

दार्चुलामा अस्पताल लैजाँदै गर्दा बाटोमै एक कोरोना सङ्क्रमित युवाको मृत्यु भएको छ । दुहु गाउँपालिका २ का ३० वर्षीय पद बडालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महराले जानकारी दिए । मृतक बडालाई श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस रहेको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले बताए । यससँगै जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ...
नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका
समाचार, समाज

नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका

नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन् । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।...
क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा
अन्तर्राष्ट्रिय, समाचार

क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा

बेलायतले आगामी क्रिसमसभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ। सोमबार कोरोना भाइरसविरुद्ध प्राप्त यो दोस्रो खुशीको खबर हो। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा आगामी क्रिसमसभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने बताएका हुन्। बीबीसीसँगको कुराकानीमा उनले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बजारमा ल्याउन घोषणा गरेका हुन्। यसअघि सोमबार नै अमेरिकी कम्पनी मड्रेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी रहेको खबर आएको थियो। मड्रेनाले विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल देखिएको जनाउँदै सोमबारको दिनलाई एक महान दिन भनेको थियो। यसअघि फाइजरलेपनि आफूले विकास गरेको खोप ९० प्रतिशत सुरक्षित रहेको बताएको थियो। मड्रेना र फाइरजले अत्याधुनिक प्रविधिको प्रयोग गरेर खोप विकास गरेको जनाएका छन्। तर, फाइजरभन्दा मड्रेनाक...
महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः

 विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।...
देशभर ११९७ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२३० पुग्यो
समाचार, स्वास्थ्य

देशभर ११९७ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२३० पुग्यो

पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार३७९ रहेको छ । पछिल्लो २४ घण्टामा २९ सय ३४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको छ।...