अन्तर्राष्ट्रिय

च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा

मोहमद च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा सलाहाले भने कीर्तिमान कायम गरे । सलाहाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनी च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । ६२औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए । लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो । सलाहाले च्याम्पियन्स लिगमा २२औँ गोल पूरा गरे । उनले क्लबका लिजेण्ड स्टेभन जेरार्डको कीर्तिमान पार गरेका हुन् ।...
विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघेको छ । जसमध्ये मृत्यु हुनेको संख्या साँढे १५ लाख ६३ हजार छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७४ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९५ लाख सक्रिय संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा एक करोड ५५ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ९३ हजारको मृत्यु भएको छ । भारतमा ९७ लाख संक्रमितमध्ये एक लाख ४१ हजारको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म २ लाख ४३ हजार ३ सय ७७ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १६ सय ३७ जनाको मृत्यु भएको छ ।...
पिएसजीको प्रभावशाली जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पिएसजीको प्रभावशाली जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो । ४१ औँ मिनेटमा स्टेफी माविडिडीले मोन्टपिलरका लागि बराबरी गोल गरे। ७७ औँ मिनेटमा मोइज केन र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पिएसजी ३–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट २८ अंक भएको छ।...
भारतमा १ लाख ३९ हजारभन्दा बढी संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा १ लाख ३९ हजारभन्दा बढी संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १०२ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ६४ हजार ५६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९० लाख ८ हजार २४७ जना संक्रमणमुक्त भएका छन् ।...
नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

 ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्‍यो । जसमा नेयमारले मात्रै २ गोल गरे । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला पनि लिएको छ । ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।...
विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु

 विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५  हजार ६७२ पुगेको छ । एकैदिन विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ७८१ जनाको मृत्यु भएको  छ। अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ । संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पु...
विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।...
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ  । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ ।यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित  राज्यको रुपमा रहेको छ ।...
नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो । आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।...
रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी

चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् । रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् । जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ । शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ । चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित र...