समाज

डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण
समाचार, समाज

डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण

चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण गरिएको छ । कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायले यो समुदायमा आएर लता कपडा वितरण गर्नुभएको हो । चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौतारामा ५५ घर परिवारका सदस्यलाई लता कपडा वितरण गरिएको थियो भने खाना खुवाइएको थियो । सो अवसरमा डा. उपाध्यायको चेपाङ जागरणसम्बन्धी गीतको पनि छायांकन गरिएको थियो । पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखेर त्यसको छायांकन र राहत कार्यक्रम लिएर आएकोमा डा. उपाध्यायका कार्यलाई सबै चेपाङ समुदायले स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए । ‘पिछडिएको समुदाय चेपाङ समुदयमा आएर डा.डीआर उपाध्यायले गरेको सामाजिक कार्य तथा हाम्रै लागि जागरणसम्बन्धी गीत लेख्नु भएकोमा हामी सबै आभारी छौं, यसका लागि उहाँलाई हामी धन्यवाद ज्ञापन गर्दछौ’, पत्रकार नेपोलीयन चे...
शहिदहरुको सम्मानमा इमाडोल जेसीजको ‘एक ब्यक्ति एक बिरुवा’ कार्यक्रम
समाचार, समाज

शहिदहरुको सम्मानमा इमाडोल जेसीजको ‘एक ब्यक्ति एक बिरुवा’ कार्यक्रम

७२ औँ प्रजातन्त्रको अवसरमा इमाडोल जेसीज बर्ष २०२२ को आयोजनामा ‘एक ब्यक्ति एक बिरुवा रोपौ’ कार्यक्रम सम्पन्न भएको छ । फागुन ७ गते ललितपुर स्थीत बोझेपोखरीमामा उक्त कार्यक्रममा १०४ बर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ सालमा प्रजातन्त्रीक शासन प्रणाली स्थापनाको भएको सम्झनामा र प्रजातन्त्र स्थापनाको लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात शहिदहरुको सम्मान स्वरुप बोझेपोखरी परिसरमा धुपीका बिरुवाहरु रोपिएको हो ।देशको ऐतिहासिक दिन प्रजातन्त्र दिवसकाृ दिन ऐतिहासीक स्थल बोझी पोखरीमा शहिदहरुको नाममा उपस्थित हरेक ब्यक्तिले बिरुवाहरु रोपेर प्रजातान्त्रिक योद्धाहरु प्रति सम्मान प्रदान गरिएको बताउदै इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले कार्यक्रममा एक ब्यक्तिले एक बिरुवा रोप्ने कार्यले वातावरण संरक्षणमा नागरिकको कर्तब्य बोध गराउन महत्वपुर्ण सन्देश समाजमा प्रदान गरिएको बताइन् । एक ब्यक्ति एक बिरुव...
अग्रगामी नेपालको नयां कार्यसमिति चयन
समाचार, समाज

अग्रगामी नेपालको नयां कार्यसमिति चयन

‘अग्रगामी नेपाल’ सामाजिक संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको प्रारम्भिक साधारण सभा तथा नयाँ कार्य समितीको निर्वाचन सम्पन भएको हो । संस्थाको अध्यक्षमा दीपक डोटेल, उपाध्यक्षमा रोजल थापा, सचिवमा बिन्द्र किरांत, कोषध्यक्षमा सबिना तामाङ र सदस्यहरूमा गणेश शेर्पा, रमिता महर्जन, देवराज खत्री, रिपल पौडेल र झरना कुईकेल निर्वाचित हुनुभएको छ । आमा घर का संस्थापक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रम सभापति रुपेन्द्रकुमार साउद र सभा संयोजक रोजल थापाले गर्नुभएको थियो । पुराना तथा नयाँ कार्य समितीको निर्वाचन समिती संयोजकमा अधिवक्ता हरि जमकटेल रहनुभएको थियो ।...
कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण
समाचार, समाज

कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय कोरोना संक्रमित भएका छन् । शरीर दुख्ने, ज्वरो आउने लगायत भएलगत्तै कोरोना परीक्षण गर्दा उपाध्यायलाई संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा अहिले विभिन्न ८० वटा विश्व रेकर्ड कायम गरेका छन् । उनी अहिले आफ्नो विश्व रेकर्ड एकसय एक पुर्याउने दौडमा रहेका छन् ।...
प्लानेट मल्टिमेडिया तथा रेडियो झापाद्वारा आयोजित ‘स्टार आरजे’ सुरु
समाचार, समाज

प्लानेट मल्टिमेडिया तथा रेडियो झापाद्वारा आयोजित ‘स्टार आरजे’ सुरु

प्लानेट मल्टिमेडिया तथा रेडियो झापा द्वारा आयोजित स्टार आरजे सुरु भएको छ। दमक उद्योग बाणिज्य संघको सभा हलमा आयोजित समुटघाटन कार्यक्रम दमक नगरपालिकाको ६ नम्बरका वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने बिशिष्ठ अतिथि पुणानन्द दाहाल सभापतिमा टिकाराम शिवाकोटी साथै अन्य अतिथिहरुमा डा के पी सुबेदी, प्रमोद कुमार दाहाल, दिपक खडका, भोजराज घिमिरे, रेवत चन्द्र भण्डारी, नवराज कार्की, दिपक खडका, सुबोध खरेल र गोपाल गुरागाई रहेका थिए। १५ दिन प्रशिक्षण कक्षा चल्ने यस प्रतियोगितामा प्रशिक्षण पश्च्यात सहभागीहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने यस कार्यक्रमको ढांचा रहेको छ। प्रतिस्प्रधा पछि सहभागीहरुको प्रस्तुतिको आधारमा बिजेता पनि घोसित गरिने छ। र बिजेतालाई विभिन्न अवसरका साथै पुरस्कारको व्यवस्था पनि गरिएको छ। आजबाट बिधिबद रुपमा सुभारम्भ गरिएको यस कार्यक्रमको प्रशिक्षण कक्षा भो...
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न
समाचार, समाज

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७  औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको  छ । एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३  को ७  औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो । “नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको काम...
प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न
समाचार, समाज, स्वास्थ्य

प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न

कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशेष...
लम्जुङमा बृहत स्वास्थ्य शिविर
समाचार, समाज

लम्जुङमा बृहत स्वास्थ्य शिविर

लम्जुङमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रीन सिटी हस्पिटलका २२ जना डाक्टर र आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानी, लायन्स क्लब अफ काठमाडौं बुढानिलण्ठ ,लायन्स क्लब अफ लम्जुङ ग्लोबल सिटीसहित ४५ जनाको टिमले दुईदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । सो शिविरमा करिव एक हजार दुईसय महिला, बालवालिका तथा बृद्ध बृद्धाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर जनकल्याण माबिमा सम्पन्न भएको थियो ।...
भव्य रुपमा सम्पन्न भयो बोष्टर मिडियाको नवौं वार्षिकोत्सव
समाचार, समाज

भव्य रुपमा सम्पन्न भयो बोष्टर मिडियाको नवौं वार्षिकोत्सव

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ८ बर्ष पुरा गरेको छ । सहरी बिकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको नवौ  वार्षिकोत्सव नेपाल नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ । नवौ  वार्षिकोत्सव अवसरमा बोष्टर मिडिया अवार्ड २०७८  बाटविभिन्न संघ सस्थाका प्रमुखहरु र पत्रकारहरु सम्मानित भएका थिए ।...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मान
समाचार, समाज

बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मान

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ग...