बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ बाट सम्मानित - राष्ट्रपत्र
शनिबार, मंसिर १८, २०७८

बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ बाट सम्मानित


काठमाडौ । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य, नेपाली मौलिक कला, संस्कृति र साहित्य’ भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेशन नेपालद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ प्रदान गरेको छ । नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, चलचित्र, पत्रकारिता लगायतका विधामा रही विशिष्ठ योगदान दिनुभएका व्यक्तिहरूलाई ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ प्रदान गरिएको आयोजकले बताएको छ । यो सम्मान अनलाइनमार्फत वितरण गरिएको हो । विधागतरूपमा रहेका सम्मानित व्यक्तित्वहरूको नामावली, प्रमाण पत्र र शुभकामना पत्र फेसबुक, इमेल, भाइबर मार्फत सार्वजनिक गरिएको छ । बिभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई संस्थाको तेस्रो बार्षिक उत्सवको अवसरमा सम्मान गरिएको संस्थाका अध्यक्ष भीष्मराज फुलाराले बताउनु भयो ।

संस्थाले स्वदेश तथा विदेशमा रही लेखन, कलाकारिता, संगीत, पत्रकारिता, सामाजिक सेवा, सौन्दर्यरफेसन र व्यवसायमा आफ्नो उत्कृष्टता प्रदर्शन गर्नुभएका व्यक्तिहरूलाई राष्ट्रिय मानार्थ सम्मान वितरण गरिएको जनाएको छ । लेखन विधातर्फ नेपाली वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, नेपाली महिला लेखिका माया ठकुरी, कलालेखक देबेन्द्र थुम्केली, नेपाली भाषाका साहित्यकार कृष्ण धरावासी, पूर्णकालिक लेखक वुद्धी सागर लयागत नेपाली वाङमय साहित्यका प्रखर लेखकहरू भैरव रिसाल, नयन राज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, सुविन भट्टराई आदि छन् । कला र कलाकारिता विधातर्फ अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, निर्माता, निर्देशक, छाँयाकार, सम्पादक, भिएफएक्स कलाकार, चलचित्र लेखक, मेकअप कलाकार, संगीतकार, गीतकार, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, फेसन डिजाइनर लगायतका चलचित्रकर्मीहरूले सम्मान प्राप्त गर्नुभएको छ । सम्मान प्राप्त गर्नु हुने चलचित्रकर्मीहरूमा राजेश हमाल, निर शाह, भुवन केसी, धिरेन शाक्य, करिश्मा मानन्धर, रविन्द्र खड्का, मोहन निरौला, तीर्थ थापा, दयाराम दाहाल, आकाश अधिकारी, पिताम्बर आचार्य, धर्मेन्द्र मरबैता, किशोर सुब्बा, रामेशकुमार राई, उमेश खड्का, सुमिना श्रेष्ठ, सुमन दाहाल, निखिल उप्रेती, विराज भट्ट, निता ढुंगाना, नवल खड्का, फरिता खड्का, मुर्तिकार लक्ष्मण भुजेल लगायत रहनुभएको छ । संगीत विधातर्फ भजन शिरोमणी भक्तराज आचार्य, शम्भुजित बास्कोटा, सत्यकला राई, राजु सिंह, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, अन्जु पन्त, कृष्ण कंडेल, शिव परियार, चेतन सापकोटा, अर्जुन पोखरेल लगायत रहेका छन् । यसैगरी पत्रकारिता विधातर्फ रेडियो, टेलिभिजन, छापा र डिजिटल मिडियामा रहेर उत्कृष्ट योगदान गर्नुभएका पत्रकारलाई राष्ट्रिय मानार्थ सम्मान प्रदान गरिएको छ ।

सम्मान पाउने व्यतित्वहरू मदनकुमार श्रेष्ठ, केशबहादुर कार्की, बालकृष्ण बस्नेत, फुलमान वल, रवी लामिछाने, ऋषी धमला, मनहरी थापा, सानुकाजी श्रेष्ठ, देबेन्द्र खापुङ लिम्बु, मानवि बानियाँ, सुमन कुमार श्रेष्ठ, अनन्त वाग्ले, कुवेर गिरी, टिबी विरही गीता अधिकारी लगायत रहनुभएको छ । यस अवसरमा सामाजिक सेवामा सक्रिय रही अमुल्य योगदान गर्नुभएका व्यक्तित्वले सम्मान प्राप्त गर्नुभएको छ । सामाजिक अभियन्ताहरू यज्ञराज पाठक, पुष्पराज पाण्डे, मोहन बहादुर केसी, मुकुन्द पौडेल, प्रदिप रिजाल, सानुभाई खड्का लगायतले सम्मान प्राप्त गर्नुभएको छ । सौन्दर्यरफेसन विधातर्फ इनु थापा, संगीता थापा, रिना शाक्य, छब्बु कार्की, नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, अमृता कंडेल लगायतले सम्मान प्राप्त गर्नुभएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पेशा व्यवसायमा सक्रिय रही नेपाली कला, संस्कृति र साहित्य क्षेत्रमा अमूल्य योगदान गर्नुभएका वकिल तथा व्यवसायी लगायतलाई सम्मान गरिएको छ । वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, राजनीतिज्ञ एवं सामाजिक अभियन्ता आनन्द विष्ट, व्यवसायी वाला घिमिरे, विश्वनाथ बराल संचारकर्मीहरू कृष्ण केसी, संगीता थापा, किरण मरहट्ठा, किशोर पन्थी, तोया दाहाल, विकास न्यौपाने, बिशाल पौडेल तथा गायक कलाकार यम बराल, समाजसेवी मकेन्द्र सिंह, तेजेन्द्र कंडेल लगायत व्यक्तित्वहरू सम्मानित हुनुभएको छ । आफ्नो स्थापनाकालदेखि नै फुलारा लिटरेचर फाउण्डेशन नेपाल आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति कटिवद्ध रहेको र देश भित्र र देश बाहिर नेपाली मौलिक कला, संस्कृति र साहित्यको संरक्षण, सम्वर्धन र विकासमा अगाडी बढिरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष मान बहादुर थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *