समाचार

प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीतमा ‘माया हुन्छ भनन’ (भिडियो)
मनोरन्जन, समाचार

प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीतमा ‘माया हुन्छ भनन’ (भिडियो)

प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बरिस्ठ सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ । https://youtu.be/OwDrAm5nzF8 निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ&...
आशिष बोहराको ‘सधैं तिमीलाई’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

आशिष बोहराको ‘सधैं तिमीलाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सधैं तिमीलाई’ बोलको गीतमा रबी मल्लको शब्द तथा संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। अनिल के. मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्। https://www.youtube.com/watch?v=AYiQe47c_9E भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। रोमान्टिक गीतको भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।...
कशिस दाहाल अभिनित चलचित्र‘रोशनी’को नयाँ गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कशिस दाहाल अभिनित चलचित्र‘रोशनी’को नयाँ गीत सार्वजनिक(भिडियो)

चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो। सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्। गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्। https://youtu.be/etBhfuf7lIM सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पोख...
अखिल क्रान्तिकारीले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्र
शिक्षा, समाचार

अखिल क्रान्तिकारीले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्र

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पवन कार्की नेतृत्वको समानान्तर कमिटीले सरकारलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको छ। कार्की नेतृत्वको समानान्तर कमिटीले बुधबार शिक्षामन्त्री अशोककुमार राईलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तिहरुमा दलगत रुपमा हुने गरेको राजनैतिक भागवण्डाको खारेजी गरी खुल्ला प्रतिस्प्रधाद्वारा दक्ष र सक्षम जनशक्तिको नियुक्ती गर्नुपर्ने माग गरेका छन्। शिक्षालाई काल्पनिक कोरा रटाइबाट अलग गरी विज्ञान र व्यवहारमा आधारित अनुसन्धानमुलक बनाउनुपर्न, संविधानमा ग्यारेण्टी गरिएको विद्यालय शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्थाको तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएका छन्।...
३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज
अर्थ/व्यापार, समाचार

३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। बिहीबारको गोरखापत्रका सूचना प्रकाशित गर्दै मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि इजाजतपत्र लिएर नविकरण नगर्ने ३३ निर्माण व्यवसायी कम्पनीले  इजाजतपत्र स्वतः खारेज गरिएको जानकारी दिएको छ। निर्माण व्यवसाय ऐन, २०५५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/२०८० का लागि चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेका कारण सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम निर्माण व्यवयसाय इजाजतपत्र स्वत खारेज गरिएको मन्त्रालयले जनाएको छ।...
‘फर्केर हेरन’ भन्दै सरु र राजेन्द्र (भिडियो)
मनोरन्जन, समाचार

‘फर्केर हेरन’ भन्दै सरु र राजेन्द्र (भिडियो)

काठमाडौं । गायिका सरु गौतम र गायक राजेन्द्र बजगाईको ‘फर्केर हेरन’ सार्वजनिक भएको छ । संगीत सम्योजन तथा कम्पोज स्वयं संगीतकार बजगाईले गरेका गीतको भिडियो गायिका गौतमको आफ्नै युट्युब च्यानल सरु गौतमबाट सार्बजनिक गरिएको छ। प्रीज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द भुवन न्यौपानेको छ भने ध्वनी सम्पादन ध्वनी सम्पादक श्याम श्वेत रसाइलीले गरेका छन। https://www.youtube.com/watch?v=wqrU-tBBFyw काभ्रे र काठमाडौको बिभिन्न स्थानमा छाँयाकन गरिएको गीतमा गायक गायिका आफैले फिचरिङ गरेका छन भने निर्देशन अभि वाग्लेको रहेको छ। गीतको छायांकन तथा ड्रोन प्रबेश अधिकारी र सम्पादन राजेश कुमारले गरेका हुन। मेकअप शुस्मिता राई र प्रोडक्सन म्यानेजरमा बिक्रान्त आचार्य(बिनोद) रहेका छन।...
उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश
राजनीति, समाचार

उपनिर्वाचनको मत परिणामले दिन खोजेको सन्देश

डा.डिआर उपाध्याय, काठमाडौं । राजनीति हो, कति खेर कुन पार्टी ठूलो हुन्छ र कति खेर कुन । पुराना पार्टी भनेर मात्र हुदैन । बिचार, नीति , शिद्धान्त ठिक भए पनि ब्यवहारमा लागु गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरुलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर कुनै पनि दलहरुले चासै दिन खोजेनन् । रबि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन र अर्को २०८४ सालको चुनावका लागी राम्रो सन्देश दिएका छन । अब पुराना ठूला दलहरु सच्चिने की सक्किने भन्ने बिषयमा गम्भिर प्रश्न उठने गरेका छन । अब पनि ठूला दल सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरु माथि समस्या तेर्सिने छ । आज नेपाली जनता ठूला दल प्रति वाक्क दिक्क परिरहेका छन । पटक पटक...
रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम
मनोरन्जन, समाचार

रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम

रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना भएको छ ।राजधानीमा एक कार्यक्रम गरि कोषको स्थापना गर्नुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषको स्थापना गरिएको हो । कोषको स्थापनाको उद्घाटन गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध गर्नभयो ।त्यस्तै संघिय सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोग गर्नुभएको छ । त्यसैगरी, पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद तारानारायन श्रेष्ठ,युवराज चौलागाई,पुर्वसभासद लक्ष्मी गुरुङ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड: वरिष्ठ गायिका शाहलाई दीर्घ साधना सम्मान
मनोरन्जन, समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड: वरिष्ठ गायिका शाहलाई दीर्घ साधना सम्मान

विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख ...
अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’
मनोरन्जन, समाचार

अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। प्रेक्ष्या कट...