‘फर्केर हेरन’ भन्दै सरु र राजेन्द्र (भिडियो)

काठमाडौं । गायिका सरु गौतम र गायक राजेन्द्र बजगाईको ‘फर्केर हेरन’ सार्वजनिक भएको छ । संगीत सम्योजन तथा कम्पोज स्वयं संगीतकार बजगाईले गरेका गीतको भिडियो गायिका गौतमको आफ्नै युट्युब च्यानल सरु गौतमबाट सार्बजनिक गरिएको छ।

प्रीज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द भुवन न्यौपानेको छ भने ध्वनी सम्पादन ध्वनी सम्पादक श्याम श्वेत रसाइलीले गरेका छन।

काभ्रे र काठमाडौको बिभिन्न स्थानमा छाँयाकन गरिएको गीतमा गायक गायिका आफैले फिचरिङ गरेका छन भने निर्देशन अभि वाग्लेको रहेको छ। गीतको छायांकन तथा ड्रोन प्रबेश अधिकारी र सम्पादन राजेश कुमारले गरेका हुन। मेकअप शुस्मिता राई र प्रोडक्सन म्यानेजरमा बिक्रान्त आचार्य(बिनोद) रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *