‘डिएसए स्टार २०२३’ को दशौं संस्करण सम्पन्न
काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ सिजन १०मा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए ।
‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनरअप, कृतिका भण्डारी सेकेण्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्थ रनरअप भए । त्यस्तै ‘जुनियर सिङगिङ स्टार’तर्फ टाशी डोमा शेर्पा फस्ट रनरअप भइन् । यस्तै ‘प्री–टीन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फस्ट रनरअप, नवाङ छोकी तामाङ सेकेण्ड रनरअप, रुप्सा भट्टराई थर्ड रनरअप, सोनाम चोमु चुम्बा तामाङ फोर्थ रनरअप, निरज शर्मा फिफ्थ रन...










