काठमाडौं । विदेशमा दुख पाउनुभन्दा आफ्नै स्वदेशमा केहि गर्न पर्छ भन्ने संदेश बोकेको समसामयिक विषयमा आधारित गीत “गएथेँ सिंगापुर” आज नयाँ नयाँ न्युज नेपाल युटुब च्यानलबाट लोकार्पण भएको छ। यस गीतमा नारद पोखरेलको मिठो शब्द रचना, संकेत अगस्तीको नेपाली माटो सुहाउँदो मन छुने संगीत र श्रेय अगस्ती, रचना रिमाल र साक्षी अगस्तीको सुमधुर आवाज साथै राजेन्द्र बजगाइको संगीत संयोजनको तालमेल देखिएको छ। यस म्युजिक भिडियोमा मुख्य भूमिका निर्वाह गर्नुभएको शिशिर भण्डारी, बिना राउत र दिग्गज कलाकार कविता आले मगरको दमदार अभिनयमा सहायक भूमिका निर्वाह गर्नुभएको नारद पोखरेल, सुजिता पोखरेल र रेसिका नेपाल साथै अन्य कलाकारको अभिनयले सुनमा सुगन्ध थपिएको छ।
यस गीतको छायांकन दिनेश पराजुलीको रहेको छ भने सम्पादन डिन्सन शाह र निर्देशन सन्तोष राजबाहकको रहेको छ। यस म्युजिक भिडियोमा विदेशका विभिन्न ठाउँ घुमेर अनि दुख गरेर अन्तिममा आफ्नै जन्म ठाउँमा केहि इलम गरेर घरजम गर्छु भनेर साइँलाले अठोट गरेका छन्। यसै गरी विदेशिनु भएको नेपाली दाजुभाइ दिदीबहिनीलाइ आफ्नै स्वदेशमा फर्काउन सकिन्छ भन्ने अभिप्रायका साथ यो गीतको निर्माण गरिएको गीतकारको भनाइ रहेको छ। साथै यस गीतमा पुर्व मेची, मध्य भक्तपुर र पश्चिम नारायणी नदीलाइ पनि समेटिएको छ।