समाचार

कोलम्वोमा सौन्दर्यकर्मी जेविशा थापालाई राजदुतबाट सम्मान प्रदान
मनोरन्जन, समाचार

कोलम्वोमा सौन्दर्यकर्मी जेविशा थापालाई राजदुतबाट सम्मान प्रदान

कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालकी सौन्दर्यकर्मी जेविशा थापा सम्मानित भएकी छिन । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय सौन्दर्यकर्मी थापालाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा निरन्तर लागि पर्दै आएकी थापाले दुवईमा समेत सर्वोत्कृष्ट मेकअप आर्टिष्टको रुपमा अवार्ड हात पार्न सफल भएकी छिन । स्वदेशमा भएका विभिन्न संघ संस्थाबाट सम्मानित भै...
कलाकार उद्धव प्रसाद भट्टराई श्रीलंकामा भए सम्मानित
मनोरन्जन, समाचार

कलाकार उद्धव प्रसाद भट्टराई श्रीलंकामा भए सम्मानित

कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालका हांस्य कलाकार उद्धव प्रसाद भट्टराई सम्मानित भएका छन । लामो समयदेखि मनोरन्जन क्षेत्रमा सक्रिय अभिनेता भट्टराईलाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लोकप्रिय टेलिसिरियल तितो सत्यबाट अभिनय क्षेत्रमा प्रवेश गरेका कलाकार भट्टराईले थुप्रै टेलिसिरियल, नेपाली चलचित्रहरु ,म्यूजिक भिडियो लगायत विज्ञापनहरुमा समेत अभिनय गरिसकेका छन । श्रीलंकाका लाग...
कोलम्वोमा भएको ग्लोबल टुरिज्म कन्फ्रेन्समा सम्मानित भए नेपाली कलाकर्मी
मनोरन्जन, समाचार

कोलम्वोमा भएको ग्लोबल टुरिज्म कन्फ्रेन्समा सम्मानित भए नेपाली कलाकर्मी

कोलम्वो ।  श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा सहभागी हुन नेपालबाट करिव १ दर्जन वढि कलाकार,पत्रकार,सामाजिक अभियन्ता एवं पर्यटन व्यबसायीहरुको कोलम्बो आएका थिए । श्रीलंका र नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालको तर्फबाट निकिला मिडिया नेटवर्क र श्रीलंकाको तर्फबाट सहोदराथ्वेय पियसतहन फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।इस्ना होलीडेज तथा श्रीलंकन एयरलाईन्सको विशेष सहयोग रहेको कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागीता जनाउन आएका वरिष्ठ अभिनेता उद्धवराज भट्टराई,वरिष्ठ गीतकार प्रमोद भट्टराई ‘प्रति...
आजको मौसमः देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने
समाचार, समाज

आजको मौसमः देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै देशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना ...
कलाकार सुजन शिवाकोटीको’भुक्के चप्पल’मा सुरविर र शारदा (भिडियो)
मनोरन्जन, समाचार

कलाकार सुजन शिवाकोटीको’भुक्के चप्पल’मा सुरविर र शारदा (भिडियो)

काठमाडौँ । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ । भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् । (12) Bhukke Chappal | New Nepali Organic Comedy Video | Surbir Pandit, Kali Budi, Nawina | Sujan Siwakoti - YouTube यु...
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला
समाचार

चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ । नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वता...
ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुल्ला
समाचार, समाज

ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुल्ला

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको घोषणा गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो । जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष...
एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति
अन्तरवार्ता, समाचार

एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घट्न पुगेको थियो । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बीचमा प्रतिस्पर्धा चल्दै आएको जनाएको छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहँदै थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जो सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै ध...
काश फाउन्डेसनले गर्यो रक्तदान शिविर
अन्तर्राष्ट्रिय, समाचार

काश फाउन्डेसनले गर्यो रक्तदान शिविर

कास फाउन्डेसनले रक्तदान शिविर आयोजना गरेको छ । संस्थापक काजल सचदेवको सहयोगमा थालेसेमिया पीडित बालबालिकाले जीवन पाएका छन् । रायपुर : युनाइटेड इन्डिया इन्स्योरेन्स कम्पनी लिमिटेड, रायपुर वेलफेयर फाउन्डेसन सोसाइटीले थलासेमिया भएका बालबालिकाका लागि रक्तदान शिविर आयोजना गरेको थियो, जसमा ३१ युनिट रक्तदान भएको कास फाउण्डेशनकी संस्थापक काजल सचदेवले बताउनुहुन्छ, आजकल गर्मीका कारण थलासेमिया रोग लागेको छ । बालबालिकालाई रगत नहुँदा रक्तदान नै उनीहरुको जीवनको आधार हो ।यस्ता बालबालिकालाई हरेक १५ दिनमा रगत दिनुपर्छ ।रगत नपाएमा यस्ता बालबालिका कमजोर हुन्छन् ।काश फाउन्डेसनले यी बालबालिकाका लागि प्रत्येक महिना रक्तदान शिविर आयोजना गर्दछ । रगतको अभाव नभएका यस्ता बालबालिकाहरु दिनहुँ केन्द्रमा निशुल्क रक्तदान गर्न आउने गरेका छन् भने कास फाउन्डेसनले उनीहरुको अन्य समस्या पनि समाधान गर्दै आएको छ । सन...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने
मनोरन्जन, समाचार

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको ...