श्रीदेव र ममताको "माया केवल माया" श्रीदेव भट्टराई अभिनित रोमान्टिक लभ सङ "माया केवल माया" सार्वजनिक भएको छ । ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जनभन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो, वैगुनी रैछौ मायालु, धेरै माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका छन् । भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।
https://www.youtube.com/watch?v=tYuyMLz2xzQ&fbclid=
पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको "माया केवल माया" मा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । यो मेल भर्सन हो । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन ।
आफ्नो जन्मदिनको अवसर पारेर ...