समाचार

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।...
फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए

पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् । उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो । यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् । फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेका छन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेका थिए ।...
बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ । बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विक...
भारतका सेना प्रमुख नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै
राजनीति, समाचार

भारतका सेना प्रमुख नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै

भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्। उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।...
‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ।  अबिरल भुजेलको शव्द र स्वर  रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् । पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ।  शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ । भिडियो— https://youtu.be/vgM5Bjskn9c...
एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन
अर्थ/व्यापार, समाचार

एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन

बीमा समितिले एक साताभित्र कोरोना बीमाको बाँकी बक्यौता भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानी नदिएको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार समितिले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । मंगलबार नै कोरोना बीमाबारे छलफल गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा बैठक बसेको थियो । बैठकमा उनले एक साताभित्र दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो । छलफलमा अर्थ मन्त्रालयका सचिब शिशिरकुमार ढुङाना, राजस्व सचिव रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो । हालसम्म २० हजार भन्दा बढी बीमितले दुई अर्ब भन्दा बढि रुपैयाँको बीमा दावी भुक्तानीका लागि कागजात पेश गरेपनि करिब १५ करोड रुपैयाँ मात्र दावी भुक्...
हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ
अपराध, समाचार

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाका विकास मितल र कमल मितल तथा पर्वतका गणेश पौडेल रहेका छन्।उनीहरुलाई ओमबहालबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।...
संक्रमित ऋण काढेर उपचार गराउन निजी अस्पताल जान बाध्य:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

संक्रमित ऋण काढेर उपचार गराउन निजी अस्पताल जान बाध्य:डा.डिआर उपाध्याय

सरकारी अस्पतालमा गरिब मानिसको पहुँच पुग्न सकेन अव जाडो महिना सुरु हुन थाल्यो, त्यसैले होला कोरोना संक्रमित दर पनि बढिरहेको छ । जाडो महिनामा संक्रमण बढि फैलने अनुमान स्वास्थ्य बिज्ञले बताउदै आएका छन । यस्तो अवस्थामा हामी आफैँ सतर्क हुने, भीडभाडमा नजाने, घरबाहिर निस्कनैपरेमा मास्क प्रयोग गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले मिचि मिचि हात धुनेबाहेक हामीसँग अरु कुनै विकल्प छैन । राज्य जनताप्रति गम्भीर र संवेदनशील बन्न सकेन । कोभिड–१९ सँग जुध्नका लागि सर्वसाधरण नागरिकलाई सकस परिरहेको छ । राज्यले केही तयारी गर्न सकेको छैन । आमनागरिकले राज्यलाई बिश्वास गर्ने ठाउँ हराउँदै गएको छ । त्यसो त प्रारम्भिक दिनहरूमा कोरोना संक्रमित हुनेबित्तिकै सम्बन्धित व्यक्तिलाई भर्ना गर्ने, निःशुल्क उपचार गर्ने, संक्रमितको खोजी गर्ने आदि काम सरकारले नगरेको होइन , गरेकै हो । त्यस बेला नागरिकमा राज्यप्रति विश्व...
आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो । १५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए । प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ । बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सकेनमा हैदराब...
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण
अन्तर्राष्ट्रिय, अपराध, समाचार

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् । स्थानीय समय अनुसार सोम...