‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित) - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)


अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ। 

अबिरल भुजेलको शव्द र स्वर  रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् ।

पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ। 

शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ ।

भिडियो—

Leave a Reply

Your email address will not be published. Required fields are marked *