समाचार

मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो)
मनोरन्जन, समाचार

मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो)

मेलिना राई र अनिल गजमेरको स्वरमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो जेआर म्युजिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रबिन टोटोको शब्द रहेको सो गीतमा मनरथ कालीकोटेको सङ्गीत छ । दीप घतानीले रेकर्ड गरेको सो गीतलाई टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन । https://youtu.be/Ojz3sXbvjp8 केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृङ्गार, सागर पौडेलको छाँयाकन छ । केशव भट्टराईले नृत्य तथा निर्देशन गरेको भिडियोको सम्पादन सागर फिल्मस्ले गरेको छ ।...
बरिष्ठ सौन्दर्यविद् सुष्मा महराद्धारा महिला रेस्लर मुना श्रेष्ठलाई  सम्मान
अर्थ/व्यापार, समाचार

बरिष्ठ सौन्दर्यविद् सुष्मा महराद्धारा महिला रेस्लर मुना श्रेष्ठलाई सम्मान

 नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको फेसियल हाउसले  रेस्लर मुना श्रेष्ठलाई   सम्मान गरेको छ । मंगलबार सिटीसी मलमा एक कार्यक्रमकोबीच फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले साम्मान पत्र सहित सम्मान गर्नुभएको हो । श्रेष्ठले गत फागुननमा काठमाडौंमा आयोजित इन्डिया र नेपालको रेस्लिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो । भारतिय खेलाडी लाई हराउँदै रेस्लिङमा  उक्त बेल्ट हात पार्नु भएको थियो । सम्मान कार्यक्रममा सौन्दर्यविज्ञ महराले रेस्लिङले महिलाको आत्म विश्वास बढाउने जानाकारी दिनुभयो ।   आफू  सौन्दर्यसँगै समाज सेवामा लाग्दै गर्दा गुण्डाशैलीमा आफूमाथि भएको सांघातिक हमलाको सम्झना गर्दै आफूपनि कराँते वा अन्य खेलमा संलग्न भएको भए प्रतिकार गर्न सक्ने क्षमता , विश्वास रहन्थो भन्दै कार्यक्रममा भन्नु भयो । तिनै गुण्डा...
सज्जा चौलागाई र बलबहादुर राजबंशीको ‘के यस्तो माया बस्यो नि ‘ ( भिडियो )
मनोरन्जन, समाचार

सज्जा चौलागाई र बलबहादुर राजबंशीको ‘के यस्तो माया बस्यो नि ‘ ( भिडियो )

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । https://www.youtube.com/watch?v=ybvsEE1lQRg भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि ‘लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।...
गीतकार लोकराज रचित तथा रचना रिमाल र भक्त प्रधानको स्वरमा ‘ओई मेरो परान’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज रचित तथा रचना रिमाल र भक्त प्रधानको स्वरमा ‘ओई मेरो परान’ सार्वजनिक(भिडियो)

रचना रिमाल र भक्त प्रधानको स्वर रहेको गीत ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको सङ्गीत रहेको छ । https://youtu.be/tjSnFJh2NmI यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस-सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म दुई घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।...
राजनीतिक स्थिरता नै मुलुकको हितमा
राजनीति, समाचार

राजनीतिक स्थिरता नै मुलुकको हितमा

अव दलहरु मिलेर राजनीतिक गतिरोध टोडि मुलुकलाई निकास दिनु पर्ने आबश्यकता देखिएको छ । राजनीति एउटा गतिका साथ अघि बढनु पर्छ । नेपाली जनताले देशको बिकास र समृद्धि होस् भन्ने चाहेका छन । यो जनताको चाहाना दलहरुले पुरा गरिदिनु पर्छ । हिजो चुनावमा जनता संग गरेका बाचा कवुल दलहरुले पुरा गरिदिन सक्दैनन् भने जनताले दलहरु लाई आगामी निर्वाचन मार्फत उचित फैसला गर्ने छन । अहिले मुलुकमा बिघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्था छ । तर, पनि संसद्ले उपयुक्त विजनेसअनुसार काम गर्न सकिरहेको छैन । अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधि भैरहेका छन ती देखेर जनता निराश बन्न बाध्य छन । जनतालाई निराश बन्न दिनु हुदैन । यदि जनता निराश भए भने देशमा समस्या उत्पन्न हुन सक्छ । यो कुरा दलहरुले राम्रो संग बुझन जरुरी छ । नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ जाने हो की भन्ने चिन्ता पनि बढदै गएको छ...
क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने
शिक्षा, समाचार

क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने

क्लिक इनटरनेशलले आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा संस्थाले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने भएको छ ।संस्थाले सातौ बर्षमा प्रवेश गरेको अवसरमा एक साताभर संस्थाले प्रदान गर्ने सेवामा विद्यार्थीलाई छुट दिने निर्णय गरेको हो ।नेपालबाट उच्च शिक्षा अध्ययन गर्नको लागि विश्वभरका विभिन्न देशहरुमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने यस सस्थाले जापान, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे, बेलायत र युएई जस्ता मुलुकमा विद्यार्थीलाई शिक्षण संस्थाको बारेमा जानकारी दिदै आएको क्लिक इन्टरनेशनल एजुकेशनका प्रवन्ध निर्देशक गोविन्द खनालले बताए । उनले भने , ‘संस्थाले छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गरिरहदाँ यस संस्थाले विश्वास, माया पाउनुका साथै सम्पूर्ण अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।’ नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको यस संस्था नेपाल शैक्षिक पराम...
‘के बिराए’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘के बिराए’ को भिडियो सार्वजनिक(भिडियो)

छोरा र छोरी बीच भेदभाव हुनुहुदैन भन्ने सन्देशका साथ् तयार भएको गीत ‘के बिराए’ सार्वजनिक भएको छ। गितमा ‘दि भोइस अफ नेपाल सिजन २’ कि प्रतिस्पर्धी गिता शर्माको श्वर रहेको गीतमा बी.बी रोक्दुङ्गको शब्द रचना र संगित रहेको छ । https://youtu.be/iz-CsoG3xDo अमृत सुनुवारको निर्देशन रहेको भिडियोमा रश्मि भट्ट, कमल सिंह, ग्रेसी शाही, प्रकाश बस्नेत, रुपा कार्की लगायतको अभिनय रहेको छ । भिडियोमा माधब बेलबासेले सम्पादन गरेका हुन् । विशाल अर्यालको सह निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले नै छायांकन गरेका हुन् ।...
बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति
अर्थ/व्यापार, समाचार

बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति

डा.डिआर उपाध्याय, लामो समय देखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी गम्भिर चुनौतिको बिषय हो । यो चुनौतिलाई पार गर्न सवै एक हुनु पर्ने आबकश्यकता छ । हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ त्यो समाधान गर्नु पर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके बिकास र समृद्धि आउन सक्दैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन , बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ ।...
राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा
मनोरन्जन, समाचार

राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकनगरी नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो । सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरू बाद्यबादन र रेकर्डिङका लागि आवश्यक उपकरणसहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायाँकन सम्पन्नगरी ‘गोक्यो रि’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् । भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलमार्फत अपलोड भएको छ । कलाकारहरूले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकनगरी विश्व रेकर्ड बनाएका हुन् । उक्त गोक्यो रि गीतमा गायिका बबिना किराँतीको स्वर, गायक तथा सङ्गीतकार बिक्रम राईको सङ्गीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको सङ्गीत संयोजन रहेको छ भने साउन्ड ईन्जिनियर छिरिङ भोटेले ...
योगेश,सुवाष र सारिकाको स्वरमा होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

योगेश,सुवाष र सारिकाको स्वरमा होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)

रंगको पर्व होली नजिकिदै जादा यस सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/XthtHezcepQ शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ । गायक योगेश काजी र निर्देशक विकको टिमअप पछिल्लो समय निकै सक्रिय रहेको छ ।...