समाचार

गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)

काठमाण्डौं । गायक रुपक खडकाको नयाँ गीत फेसबुक सार्वजनिक भएको छ । गीतमा प्रमीको शब्द र गायक स्वयम खडकाकै संगीत रहेको छ । डि रेकर्डिङमा रेकर्ड गरिएको गीतमा सुन्दर कुमार महर्जनको संगीत संयोजन र बाद्दवादन, लुमन स्थापितले गीटार, कृष्ण लिम्बुले बास, सन्जिब मैनालीले बाँसुरी बजाएका छन । https://www.youtube.com/watch?v=j7R2XTnxIFs समन अधिकारिको निर्देशन रहेको भिडियोमा गायक रुपक खडकालाई झरना रिसाल र बाल कलाकार ग्रिश्मा खडकाले अभिनयमा साथ दिएका छन । रेस्क्यु कृयसन र फराज अवे इन्टर्टेन्ट्मेन्टको निर्माण गरिएको भिडियो फराज अर्पणको छाँयाकन र सम्पादन रहेको छ । भिडियो ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास
समाचार, स्वास्थ्य

भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

डा.डिआर उपाध्याय, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् । अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोरो...
निशान भट्टराईको स्वरको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्टराईको स्वरको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक(भिडियो)

इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक भएको छ । सुरज लामिछानेको शब्द रचना रहेको गीतमा गायक निशान भट्टराईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतले ठूलो जात र सानो जातको कथालाई चित्रण गरेको छ । उक्त गीतले गाउँघरमा हुने सानो जात र ठूलो जातको माया प्रेम र त्यसभित्र आइपर्ने कठिनाइहरू प्रस्तुत गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=hfsN5JuSPJQ कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा यादब देभाकोटा (सरापे), इन्दु दनुवार र युबराज खत्री मुख्य भूमिकामा छन् । सुजन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन युबराज खत्रीले गरेका छन् । भिडियो तारा सीतारा प्रोडक्सन यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।...
नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम
मनोरन्जन, समाचार

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न भएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो ।नव वर्ष २०७८ को अवसर पारेर आयोजित कार्यक्रममा नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित बरिष्ठ नृत्य निर्देशकद्वय नारायण देवी प्रधान र जोगेन्द्र केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी, नेपाल सरकार संचार तथा सुचना प्रविधि मन्त्रालयबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ पनि सम्मानित भएका छन् । त्यस्तै तमु गुरुङ्ग कलाकार संघमा पुनः उपाध्यक्ष पदमा निर्वाचित संघको केन्द्रीय सदस्य याम गुरुङ्ग र वर्षकै उत्कृष्ट मोडलको एवार्ड जितेकी संघ भक्तपुर शाखा कार्य...
तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न,व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्ड
अर्थ/व्यापार, समाचार

तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न,व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्ड

तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम समारोह माझ उद्योग र व्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत बिभिन्न उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरुलाई सम्मानित गरियो । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्यमी एवम् व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्डबाट विभुसित गरियो भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल कर्पोरेट माइलस्टोन अवार्ड र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्रा कर्पोरेट बेस्ट लिडरश...
विश्व चर्चित नेपाली किर्तिमानी डा. डिआर उपाध्यायले गीत संगित क्षेत्रमा राखे ५१ वटा विश्व कीर्तिमान
मनोरन्जन, समाचार

विश्व चर्चित नेपाली किर्तिमानी डा. डिआर उपाध्यायले गीत संगित क्षेत्रमा राखे ५१ वटा विश्व कीर्तिमान

नेपाली गीत सङ्गीतमा डा. डी आर उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिला मात्र गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्नुभएका गीतकार डा. उपाध्यायले फेरि १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । राजधानीमा सोमबार एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द र इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले १९ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभएको हो । यसअघि डा. उपाध्यायले गीत सङ्गीतका विभिन्न विधामा ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री चन्दले भन्नुभयो, ‘यसरी एकैदिन फरक १९ विधामा १३ ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...
कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो
समाचार, स्वास्थ्य

कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो

विदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवेतमा रहेका विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी रहेका छन् ।   एनआरएनए कुवेतका महासचिव दिल कुमारका अनुसार पाख्रिन उनीहरु दुवैको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो । कुवेतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन  एनआरएनए कुवेतले आग्रह गरेको छ ।  कुवेतमा हालसम्म २ लाख ५४ हजार बढी कोरोना स.क्रमित पुगेका छन् भने १ हजार ४ सय बढीको मृत्यु भइसकेको छ । ...
गीतकार लोकराज अधिकारीको शब्दमा ‘आमा मेरी आमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको शब्दमा ‘आमा मेरी आमा’ सार्वजनिक(भिडियो)

जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । गायिका रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने चर्चित गीतकार लोकराज अधिकारीको शब्द श्रृजना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको बास्डोल र नेपाली सेनाको सुर्यविनायकस्थित इन्द्र बक्स गणमा गरिएको छ । भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट,चक्र साउद,केशब भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय रहेको छ । भिडियो केशब भट्टको कोरियोग्राफीमा तयार भएको हो । ...
हर दिन समयको व्यवस्थापन गर्ने कोसिस गर्छु
अन्तरवार्ता, समाचार

हर दिन समयको व्यवस्थापन गर्ने कोसिस गर्छु

डा.डिआर उपाध्याय, मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु । त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहिन...
शिवन पोखरेल निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

शिवन पोखरेल निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)

लोक गीत ‘कोदोको ढिडो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिरा खनाल र गौतम शेर्पाको शव्द लयमा तयार गीतलाई हरि बिसी,सुनिता ओली,महेश बिक्रम पाण्डे र रोशनी बुढा मगरले स्वर दिएका छन । संगित बद्री पाठकको रहेको उक्त गीतलाई महेश बिक्रम पाण्डेले ऐरेन्ज गरेका हुन । https://www.youtube.com/watch?v=rpUep8r2O7M लोकप्रिय मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा शिवनकै साथमा मोडल करिष्मा ढकाल, सन्तोष कुमार, सम्वेक भुषाल र रितु सुनार फिचर्ड रहेका छन ।बिन्दवासिनी म्यूजिकबाट सार्वजनिक गरिएको गीतको भिडियोको छायांकन महेश महेश महराको तथा सम्पादन राजन केसीको तथा कोरियोग्राफी दिलिप राईको रहेको रहेको छ ।...