विदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवेतमा रहेका विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी रहेका छन् ।
एनआरएनए कुवेतका महासचिव दिल कुमारका अनुसार पाख्रिन उनीहरु दुवैको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो । कुवेतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन एनआरएनए कुवेतले आग्रह गरेको छ ।
कुवेतमा हालसम्म २ लाख ५४ हजार बढी कोरोना स.क्रमित पुगेका छन् भने १ हजार ४ सय बढीको मृत्यु भइसकेको छ ।