पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो
परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो ।
‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेस...








