काठमाण्डौं । गायक रुपक खडकाको नयाँ गीत फेसबुक सार्वजनिक भएको छ । गीतमा प्रमीको शब्द र गायक स्वयम खडकाकै संगीत रहेको छ । डि रेकर्डिङमा रेकर्ड गरिएको गीतमा सुन्दर कुमार महर्जनको संगीत संयोजन र बाद्दवादन, लुमन स्थापितले गीटार, कृष्ण लिम्बुले बास, सन्जिब मैनालीले बाँसुरी बजाएका छन ।
समन अधिकारिको निर्देशन रहेको भिडियोमा गायक रुपक खडकालाई झरना रिसाल र बाल कलाकार ग्रिश्मा खडकाले अभिनयमा साथ दिएका छन । रेस्क्यु कृयसन र फराज अवे इन्टर्टेन्ट्मेन्टको निर्माण गरिएको भिडियो फराज अर्पणको छाँयाकन र सम्पादन रहेको छ । भिडियो ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।