समाचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन
राजनीति, समाचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । कसरी हुन्छ आफै सत्तामा जाने दाउ नेताहरुले खेलिरहेका छन । हिजो पनि त्यहि अबस्था थियो आज पनि त्यहि छ । नेतामा सुधार भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यहि भएर देश बिग्रिएको हो । देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासान नहुदा दलहरु आफै कमजोर हुदै गएका छन । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन । राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन । कारण के हो भने दल र त...
उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन
अर्थ/व्यापार, समाचार

उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन

नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ ।  नव गठित महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया चयन भएका छन् । यस्तै समितिको सल्लाहकारहरूमा अन्जना ताम्राकार, शान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय रहेका छन् ।  समितिको सदस्यहरूमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान समेत गरेका छन् ।  उक्त अवसरमा अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर...
टेकराज पाण्डेलाई ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड
मनोरन्जन, समाचार

टेकराज पाण्डेलाई ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा। रामशरण महत्त तथा अन्य विशिष्ट अतिथिले पाण्डेलाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गरेका थिए । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्टि«य अन्तराष्टि«य अवार्ड जितेका छन । राज मेक अप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । पाण्डेसंगै नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूटको प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको ह...
गायिका सिमा शाहको तिज गीत ‘आउ साथी नाचौं गाऔं ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सिमा शाहको तिज गीत ‘आउ साथी नाचौं गाऔं ‘सार्वजनिक(भिडियो)

गायिका सिमा शाहले गाएको नयाँ तीज गीत सार्वजनिक भएको छ। तिजको बेला रमाइलो गरौँ भन्ने भाव बोकेको गीत ‘ आउ साथी नाचौं गाऔं’लाई भमा देवकोटा शर्माले लेखेकी हुन्। करन राज कार्किको संगित रहेको गीतमा विजेश्वर तन्डुकरको एरेन्ज रहेको छ। https://www.youtube.com/watch?v=-1KS8V73vnQ ‘आउ साथी नाचौँ गाऔँ’ बोलको गीतको भिडिओमा बिनिता खड्का थापा, भमा शर्मा, सुबास थापा, नम्रता शर्मा, मिनिता श्रेष्ठको अभिनय रहेको छ। यता, बालकलाकारमा भने आर्या भट्टराई, प्रसिस शर्मा र प्रतिश शर्मा रहेका छन्। अभिनेता सुबास थापाले निर्देशन गरेको भिडिओलाई अभिनेत्री बिनिताले कोरीयोग्राफ गरेकी हुन्। अमेरिकाको विभिन्न ठाउँमा रामेश्वर कार्किले छायांकन गरेको भिडिओलाई अराज केशव गिरिले सम्पादन गरेका हुन्। ‘डिएन्डडी रक्स’ नामक युट्युब च्यानलबाट भिडिओ सार्वजनिक भएको छ।...
स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्यचन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइ...
तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डमा कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड
मनोरन्जन, समाचार

तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डमा कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड

उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड खोलीतिरैमा गीतबाट कृष्ण रसाललाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न भएको तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा. रामशरण महत्त तथा अन्य विशिष्ट अतिथि तथा अतिथिले बोहोरालाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गर्नुभएको थियो । कृष्ण रसालले नेपाली गीत संगीतमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएको छ । उहाँका कार्यले प्रशंसा पाइरहँदा उहाँलाई विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त भइरहेका छन् । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूट (बीएमटीआई)को प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहका...
गीतकार अन्जु अधिकारीको तीज गीत ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार अन्जु अधिकारीको तीज गीत ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)

गीतकार अन्जु अधिकारीको तीज गीत नाचौं साथी हो सार्वजनिक भएको छ ।अधिकारीले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिदै आफ्नै शब्दमा नयाँ तीज गीत बजारमा ल्याउनु भएको हो । गीतलाई गायिका मेलिना राईले मिठो स्वर दिनु भएको छ भने उहाँले भिडियोमा प्रमुख कलाकारको भुमिकामा अभिनय समेत गर्नुभएको छ । बिन्ध्यावासीनी म्युजिक कम्पनीको युटयुब मार्फत सार्वजनिक भएको छ । आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको संघर्षलाई गीतले प्रस्ट पारेको छ । https://youtu.be/cwpAuoT5NXw आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ, भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहनु भएकी अधिकारी अस्ट्रेलियामा बस्ने दिदीबहिनीहरूले मिलेर खोल्नु भएको दिदीबहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर बिभीन्न सामाजीक कामहरूमा निरन्तर क्रियाशील देखिनुहुन्छ । यसै बर्षको अन्तिम सम्...
सुर्खेती सर्जक धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुर्खेती सर्जक धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

‘हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता सुपहिट गित काे अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनकाे स्वरमा शिरफुल मेराे रिलिज गरिएकाे छ । https://youtu.be/ys83CYGGmZQ यस गितमा अभिनय दीक्षा गिरीकाे रहेकाे छ, छायांकन अर्जुन सापकाेटाले गरेका छन् , सम्पादन तथा रंग संयाेजन निर्मल प्याकुरेलले गरेका छन् भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे । गितकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस् ले गरेकाे हाे भने ईकुमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे । भिडियाे श्रीनाथ अनलाईन टि.भी काे युटुब च्यानलबाट रिलिज गरिएकाे छ ।...
नेपालले अफगानिस्तानबाट पाठ सिक्नु पर्छ
राजनीति, समाचार

नेपालले अफगानिस्तानबाट पाठ सिक्नु पर्छ

-डा.डिआर उपाध्याय, यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ । अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ । अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति ...
लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा
अर्थ/व्यापार, समाचार

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो । गुल्मी जिल्ला स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो । तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो । होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको छ...