उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन - राष्ट्रपत्र
मङ्लबार, अशोज ५, २०७८

उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन


नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ ।  नव गठित महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया चयन भएका छन् ।

यस्तै समितिको सल्लाहकारहरूमा अन्जना ताम्राकार, शान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय रहेका छन् ।  समितिको सदस्यहरूमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान समेत गरेका छन् ।  उक्त अवसरमा अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *