टेकराज पाण्डेलाई ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

टेकराज पाण्डेलाई ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड


उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा। रामशरण महत्त तथा अन्य विशिष्ट अतिथिले पाण्डेलाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गरेका थिए । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्टि«य अन्तराष्टि«य अवार्ड जितेका छन । राज मेक अप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । पाण्डेसंगै नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।


बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूटको प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहकार्यमा अवार्ड समारोह सम्पन्न भएको थियो । गीत संगीत तथा अन्य विभिन्न विधामा ४२ भन्दा बढी सर्जजकलाई अवार्ड प्रदान गरिएको समारोहमा पूर्व अर्थमन्त्री डा. रामशरण महत्त प्रमुख अतिथि रहेका थिए । ।

बोस्टर मिडियाका सल्लाहकार भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको अवार्ड सामारोहमा साहित्यकार राधेश्याम लेकाली, राजु श्रेष्ठ व्यवसायी, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ठ निर्देशक मोहन निरौला, वरिष्ठ हास्य कलाकार लय संग्रौला, वरिष्ठ हास्य कलाकार उत्तम केसी, चलचित्र निर्देशक जनक खकुरेल, व्यवसायी तथा समाजसेवी राजु श्रेष्ठ, व्यवसायी तथा समाजसेवी प्रकाश श्रेष्ठ लगायतले अवार्ड तथा सम्मान प्रदान गरेका थिए । कार्यक्रम संयोजक माधव निर्दोषले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.